Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

लेते आसपासमा जहाज दुर्घटनाको खबर छ, स्थलगत पुष्टि गर्न सेना गइसक्यो: सैनिक प्रवक्ता

लेते आसपासमा जहाज दुर्घटनाको खबर छ, स्थलगत पुष्टि गर्न सेना गइसक्यो: सैनिक प्रवक्ता

  • PNN Times
  • आइतवार, जेठ १५ २०७९


  • लेते आसपासमा जहाज दुर्घटनाको खबर छ, स्थलगत पुष्टि गर्न सेना गइसक्यो: सैनिक प्रवक्ता

    जेष्ठ १५ — नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले तारा एअरको हराएको विमान खोजी गर्नका लागि सेनाको टोली सम्भावित दुर्घटनास्थलतर्फ गइसकेको बताएका छन् । मुस्ताङको लेते आसपासमा दुर्घटना भएको भन्ने खबर त्यहाँका स्थानीयले नागरिक उड्डयन प्राधिकरणलाई दिएको र प्रधिकरणले सेनालाई दिएपछि स्थलगत पुष्टि गर्नका लागि सेनाको टोली पैदल मार्गबाट गएको हो । 

    'नागरिक उड्ययन प्राधिकरणबाट स्थानीयले खबर गरेको भनेर मुस्ताङको लेतेको आसपासमा नौलीकोट भन्ने ठाउँमा घटना भएको भन्ने खबर आएको छ । हाम्रो त्यहाँ नजिकको घाँसामा सेनाको पोष्ट छ । त्यहाँबाट फिजिकल्ली कन्फर्मेसन गर्नका लागि पैदल मार्गबाट सेना गएका छन्,' प्रवक्ता सिलवालले भने ।

    images

    आइतवार, जेठ १५ २०७९०१:२९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend