Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ र भीरकोट जोडने झोलुङ्गे पुलको शिलन्यास

वालिङ र भीरकोट जोडने झोलुङ्गे पुलको शिलन्यास

  • कला राना
  • मंगलवार, जेठ १७ २०७९


  • वालिङ र भीरकोट जोडने झोलुङ्गे पुलको शिलन्यास

    जेष्ठ १७, वालिङ ।स्याङजाका दुई नगरहरु जोड्ने पुलको शिलान्यास गरिएको छ । वालिङ र भीरकोट नगरपालिका जोड्ने पुलको संघीय सांसद तथा पुर्व मन्त्री पदमा अर्यालले मंगलबार शिलान्यास गर्नुभएको हो । पुल बनेपछि भीरकोट ९ को साउन्दी, काभ्रे, चराङ, जुटडाँडा र वालिङ १४ को सिम्ले, थाना, करादी, शिरबानी, डुम्रेभञ्याङका एक हजार घरधुरी लाभान्वित हुने भएका छन । उक्त पुल बनेपछि विशेषगरी विद्यार्थीहरुलाई सहजता हुने भएको छ । उक्त स्थानका विद्यार्थीहरुले २ घण्टाको बाटो हिँडेर जनसेवा मावि डुम्रेभञ्याङमा अध्ययनका लागी आउनुपर्ने बाध्यता छ । 
    भीरकोट ९ काभ्रेका लिलाबल्लब रेग्मीले भन्नुभयो, ‘नगरपालिका भीरकोट भएपनि हामी पहिला गाविस कालिकाकोटको एउटै वासिन्दा थियौँ पछि संघिय संरचनासंगै गाविसका केहि वडा भीरकोट र केहि वडा वालिङमा आयौँ । तर हामीलाई नुन तेललगायत बजारका लागी वालिङको डुम्रेभञ्याङ नै पायक पर्छ । अहिले यो पुल शिलन्यास भएपछि विद्यार्थी लगायत हामी प्रत्यक्ष लाभान्वित हुनेछौँ ।’ उहाँका अनुसार झोलुंगे पुल निर्माणपछि मोटरसाईकल समेत वारीपारी गर्न सहज हुनेछ भने स्थानीय बासिन्दालाई निकै सहज हुनेछ । 
    वालिङ १४ सिम्लेका यामबहादुर थापाले भन्नुभयो, ‘वनको बाटो, निकै पहरा, वनको खोल्सा जस्ता भौगोलिक विकटता छ । विद्यार्थी भाईवहिनीले निकै संर्घषका साथ प्लस टु पढन वारी अर्थात डुम्रेभञ्याङ आउँछन । अव यो पुल बनेपछि विद्यार्थीहरुलाई सुरक्षाका दृष्टिकोणले पनि सुरक्षित हुन्छन भने पर्यटकीय दृष्टिकोणले समते महत्वपुर्ण रहेको छ ।’ 
    जनसेवा माविका प्रअ अन्नतराज अर्यालका अनुसार निकै लामो बाटो हुँदै  पढन आउने विद्यार्थी उक्त पुल निर्माण भएपछि विद्यालय आउँन थोरै समय छुट्टयाए पनि पुग्छ । विद्यालय आउजाउ गर्ने समय छोटो भएपछि अध्ययनमा समेत लगाव बढनेछ । त्यस्तै अर्का शिक्षक रेशम डुम्रेका अनुसार उक्त पुल निर्माणभएपछि दैनिक २०० जना नागरिक वारपार गर्नेछन । पुलको शिलन्यास गर्नुहुँदै पुर्व मन्त्री अर्यालले समयमै पुल निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो । 
    आफँु मन्त्रालयमा हुँदा उक्त पुललाई प्राथामिकतामा राखेर दुई पटक सम्म सर्वे गरेर फाईनल गरेका भन्दै ठेकेदारको ढिलासुस्तीका कारण पुलनिर्माण कार्य बल्ल काम शुरु भएको बताउनुभयो । पुल निर्माणका लागी बिएलटि कन्र्टक्सन प्राईभेट लिमिटेडल २०७७ मा  ७० लाखमा ठेक्का सम्झौता गरेपनि कोरोनाको कारण देखाउँदै काम ढिला गरी शुरु गरेको हो । उक्त पुल यही मंसिर सम्म सम्पन्न गर्ने म्याद रहेको छ । पुल २५० मिटर लामो हुनेछ ।

    मंगलवार, जेठ १७ २०७९०६:२३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend