Logo

शनिवार, कार्तिक १ गते २०८३

images

विधिको शासन अनुभूति हुने गरी काम गर्छौँ–नगरप्रमुख खाँण

विधिको शासन अनुभूति हुने गरी काम गर्छौँ–नगरप्रमुख खाँण

  • सन्देश भण्डारी
  • बुधवार, जेठ २५ २०७९


  • विधिको शासन अनुभूति हुने गरी काम गर्छौँ–नगरप्रमुख खाँण

    २५ जेष्ठ,वालिङ । वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले कानुनी राज्यमा विधिको शासन अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ । 
    स्याङ्जाको वालिङ नगरपालिकामा सुशासन र कानून निर्माणमा नगरपालिकाको प्रभावकारी भूमिका विषयमा  अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख खाँणले जनप्रतिनिधिहरु नागरिकको सेवक भएको उल्लेख गर्दै कानुनी  पक्षमा स्थानीय तह निश्पक्ष हुनुपर्ने बताउनुभएको हो । 
    संविधानले स्थानीय तहलाई स्वायत्त तहको रुपमा परिकल्पना गरेको उल्लेख गर्र्दै नगरप्रमुख खाँणले कानुनी राज्यमा विधिको शासन नभए राज्य दुर्घटनामा पर्ने खतरा रहने बताउनुभयो । कानुनप्रति अनुत्तरदायी हुन कसैलाई छुट नभएको स्पष्ट पार्दै नगरप्रमुख खाँणले अधिकार र कानुनको दण्ड लगाउँदामात्रै न्याय निरुपण नहुने बताउनुभयो । 
    निर्वाचनपूर्व विभिन्न राजनैतिक दलमा आवद्ध भएपनि निर्वाचित भएपछि जनप्रतिनिधिको आचरण,व्यवहार र दृष्टिकोण साझा बन्नुपर्नेमा खाँणले जोड दिनुभयो । अन्तक्र्रिया कार्यक्रममा नगर उपप्रमुख कविता तिवारीले कानुन निर्माणमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
    उहाँले नगरपालिकामा मौजुदा कानुनको दायरालाई फराकिलो बनाउँदै आवश्यक कानुन निर्माण गरिने उल्लख गर्नुभयो । 
    अधिकार र कर्तव्यको बोध हुने गरी नागरिकलाई कानुनी सचेतना फैदाउनमा जोड दिने गरी कार्यक्रमहरु अघि बढाइने तिवारीको भनाई छ । 
    दुई दिन सम्म चलेको अन्तरक्रिया कार्यक्रममा पहिलो दिन वालिङ नगरपालिकाको सुशासन र कानून निर्माणमा चूनौती र अवसरहरुको बारेमा वालिङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत श्री राजन भट्टाराईले  कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।अन्तक्र्रिया कार्यक्रममा स्थानीय तहको काम,कर्तव्य र अधिकार तथा कार्य सम्पादन विधिको बारेमा छलफल गरिएको छ । स्थानीय तहलाई कानुनतः स्वतन्त्र र निश्पक्ष बनाउन आवश्यकीय पक्षको बारेमा जनप्रतिनिधिबीच छलफल गरिएको थियो । 

    बुधवार, जेठ २५ २०७९०६:१०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend