Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतको पैयुँमा बालविवाह गर्ने प्रवृत्ति अझै रोकिएन, गरिबी र अशिक्षा प्रमुख कारण

पर्वतको पैयुँमा बालविवाह गर्ने प्रवृत्ति अझै रोकिएन, गरिबी र अशिक्षा प्रमुख कारण

  • निर्भीक नारायण भुर्तेल
  • बिहिवार, भाद्र २५ २०७७


  • पर्वतको पैयुँमा बालविवाह गर्ने प्रवृत्ति अझै रोकिएन, गरिबी र अशिक्षा प्रमुख कारण
     
    भदौ २५, पैयुँ । पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोककी निशा परियार १७ वर्षकी भइन् । उनको विहे भएको चार वर्ष भयो । १३ वर्षमै विवाह गरेकी निशाको एक वर्षका छोरा छन् । परिवारका कारण विहे केहो भन्ने नजान्दै विहे भएको उनले सुनाइन् । 
    निशाको जस्तै सोही गाउँँकी पूजा परियारको कथा पनि उस्तै छ । पूजा अहिले १८ वर्ष पुगिन् । उनको काखमा पनि दुई वर्षकी छोरी छन् । १४ वर्षको उमेरमा विहे गरेकी पूजालाई पनि विहे के हो भन्ने नै थाहा थिएन । सानैमा विहे गरेका कारण अहिले पूजाको परिवारसँग मेल छैन । त्यसैले उनी माइतीमा बस्दै आएकी छन् ।
     
    निशा र पूजाको जस्तै पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर पाँत भुर्तेलथोक गाउँका अधिकांश बालवालिकाको १२ देखि १६ वर्षकै उमेरमा विवाह हुने गरेको छ । घरको आर्थिक अवस्था कमजोर हुनु, समाजमा पढ्नुपर्छ भनेर सिकाउने कोही नहुनु र सानै उमेरमा विहे गर्दा आउने समस्याका बारेमा जानकारी नभएकै कारण भुर्तेलथोकका ८० प्रतिशत बालिकाको १२ देखि १६ वर्षको उमेरमै विवाह हुदैआएको छ ।
     
    "नेपालको कानुनले २० वर्षभन्दा कम उमेरमा विहे गर्न बर्जित गरेको छ । तर पर्वतको पैयुँ गाउँपालिकाको भुर्तेलथोकका अधिकांश बालवालिकाको १२ देखि १६ वर्षकै उमेरमा विवाह हुनेगरेको छ । पढ्ने लेख्ने कलिलो उमेरमा हुने बाल विवाह रोक्नका लागि अहिलेसम्म कुनै निकायले पहल गरेको छैन । " 
     
    नेपालको कानुनले २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बर्जित गरेको छ । तर यहाँ न सरकारको नजर पुगेको छ, नत कुनै अधिकारकर्मीको । स्थानीय सरकार स्थापना भएको तीन वर्ष बितिसक्दा पनि भुर्तेलथोकमा रहेको बालविवाहको समस्यालाई निर्मूल पार्न पैयुँ गाउँपालिकाले कुनै पहल गरेको छैन । 
      
    उनीहरुको शिक्षा दिक्षाको अवस्था पनि कमजोर छ । गाउँमा रहेका अधिकांश मानिस निरक्षर छन् । बालबच्चाको पालन पोषण, आर्थिक उपार्जनको पाटो, शिक्षा दिक्षा कुनै पक्ष पनि सबल छैन ।
    अशिक्षाका कारण उनीहरुले राम्रो खालको काम गर्न सक्दैनन् । तर सामाजिक कुरीतिको उन्मुलन, सभ्य समाजको निर्माण सँगै सरकारले अबलम्बन गरेको सुखी नेपाली समृद्ध नेपालको नारालाई पर्वतको पैयुँ गाउँपालिको यो अवस्थाले गिज्याइरहेको छ ।  
     

    बिहिवार, भाद्र २५ २०७७०७:०७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend