Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

पेट्रोलमा २० र डिजेलमा लिटरमै २९ रुपैयाँले मूल्य घट्याे

पेट्रोलमा २० र डिजेलमा लिटरमै २९ रुपैयाँले मूल्य घट्याे

  • PNN Times
  • शनिवार, आषाढ ११ २०७९


  • पेट्रोलमा २० र डिजेलमा लिटरमै २९ रुपैयाँले मूल्य घट्याे

    असार ११ , काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।  सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।

    आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । 

    images

    यस अनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल-मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

    आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो । 

    शनिवार, आषाढ ११ २०७९०१:००:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend