भदौ २६, स्याङ्जा । अखिल नेपाल फुटबल संघ (एन्फा) स्याङ्जाले पुतलीबजार नगरपालिका–१ का पहिरो पिडीत रिमल नेपालीलाई आर्थिक सहयोग गरेको छ । एन्फा स्याङजाले पिडीत नेपालीलाई १५ हजारको चेक हस्तान्तरण गरेको हो ।
चेक हस्तान्तरण गर्दै एन्फा स्याङ्जाका उपाध्यक्ष सरद गुरुङ्ले पहिरो पिडीत नेपालीलाई एन्फाले थोरै रकम भएपनि सहयोग गरेको बताउदै पिडीतलाई मलम लगाउने काम गरेको बताए ।
चेक हस्तान्तरणमा एन्फा गण्डकी प्रदेश सदस्य प्रकाश रेग्मी र जिल्ला सदस्य महादेब श्रेष्ठले परेको खण्डमा अझै सहयोग गर्ने बताउदै पिडीतलाई सहयोग गर्न अरुहरुलाई पनि अनुरोध गरे ।
गएको असार २९ गते घर माथिबाट आएको पहिरोले नेपालीको घरलाई क्षति पु¥याएको थियो भने उनका बुवालाई घाईते बनाएको थियो । सक्दो सहयोग गरेकोमा नेपालीले एन्फालाई धन्यवाद दिएका छन् ।
पहिरो पिडीत नेपाली एन्फा स्याङ्जाका पूर्व खेलाडी र रेफ्री समेत हुन् । पहिरोले नेपालीको घरमा झण्डै ८ लाखको क्षति पु¥याएको छ ।