Logo

शनिवार, कार्तिक १ गते २०८३

images

भालुको आक्रमणबाट एक घाइते

भालुको आक्रमणबाट एक घाइते

  • सन्दिप लुइटेल
  • मंगलवार, आषाढ २१ २०७९


  • भालुको आक्रमणबाट एक घाइते

    २१ असार । डोटीको पूर्वीचौकी गाउँपालिमा भालुको आक्रमणाबाट एक जना गम्भीर घाइते भएका छन्  ।

    स्थानीय गणेश साउँदले दिएको सूचना अनुसार पूर्वीचौकी गाउँपालिका-१ का नरबहादुर खड्कालाई मंगलवार बिहान छोरेपानीमा भालुले आक्रमण गरेको हो ।

    images
    भालुको आक्रमणमा परेका खड्काको टाउको र अनुहारमा चोट लागेको साउँदले बताए ।

    उनलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको साउँदले जानकारी दिए । घरबाट खर्क (छानातिर) जाँदै गरेको बेला खड्कालाई भालुले बाटोमा आक्रमण गरेको हो ।

    मंगलवार, आषाढ २१ २०७९०२:५४:०८

    सन्दिप लुइटेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend