Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँ ५ मा सामाजिक सुरक्षा तथा ब्याक्तिगत घटना दर्ता सम्बन्धि शिविर सम्पन्न

पैयूँ ५ मा सामाजिक सुरक्षा तथा ब्याक्तिगत घटना दर्ता सम्बन्धि शिविर सम्पन्न

  • मोहन सुनार
  • बुधवार, आषाढ २२ २०७९


  • पैयूँ ५ मा सामाजिक सुरक्षा तथा ब्याक्तिगत घटना दर्ता सम्बन्धि शिविर सम्पन्न

    असार २२, पर्वत । पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा दर्ता शिविर सम्पन्न भएको छ । नागरिकको सामाजिक सुरक्षा तथा ब्याक्तिगत घटना दर्ता सम्बन्धि शिविर सम्पन्न भएको हो ।

    पैयूँ गाउँ पालिकाको आयोजना र वडा नम्बर ५ को समन्वयनमा असार २० र २१ गते गरी दुई सम्म शिविर गरिएको हो ।

    images

    शिविरमा ४५ जनाले घटना दर्ता गराएको सामाजिक सुरक्षा तथा ब्याक्तिगत घटना दर्ता सुदृढीकरण सेवा इकाई पैँयू गाउँपालिका का एम. आई . एस. अपरेटर मुकुन्द गौतमलेजानकारी दिनु भयो ।

    96F2DE6A-967D-4282-8E82-BA212D4ED87A.jpeg

    उहाँले गाउँ पालिकाले  सात वडै वडामा दर्ता शिविर संचालन गरिरहेको बताउनु भयो ।

    यस अघि नागरिकले सामाजिक सुरक्षा तथा ब्याक्तिगत घटना दर्ता वडा कार्यालयबाट गराउदै आए पनि  टोल टोलमा पुगेर शिविर गर्दा वडा कार्यालय सम्म आउन नसकेका र छुटेका नागरिकलाई सहज गराउन शिविर गरेको वडा कार्यालयले जनाएको छ ।

    7998F8E9-D4BE-4936-A1E2-A9A22E2B749F.jpeg

    शिविरमा छुटेकानागरिकले वडामा मै गएर  सबै दर्ता गराउन सक्नेछन ।

    बुधवार, आषाढ २२ २०७९०९:०५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend