Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

  • मोहन सुनार
  • बिहिवार, आषाढ २३ २०७९


  • नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

    असार २३,पैयूँ । पर्वतको पैयूँ गाउँपालिकामा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । 
    पैयूँ गाउँपालिका वडा नं.५ले आयोजना गरेको नेतृत्व विकास,क्षमता अभिवृद्धि तथा आधारभूत पत्रकारिता सम्बन्धी तालिम बिहिबार सम्पन्न भएको हो ।
    तालिमको समापन समारोहलाई सम्बोधन गर्दै पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले युवा तथा महिला वर्गको क्षमता विकास गर्न गाउँपालिकाले कार्यक्रमहरु तय गरेको बताउनुभयो ।उहाँले तालिम तथा सेमिनारले मानिसका आन्तरिक क्षमताको प्रस्फुटन गर्न सहयोग गर्ने उल्लेख गर्दै तालिममा सिकेका सीपहरुलाई व्यवहारमा उतार्न अनुरोध गर्नुभयो ।

    2 p.JPGउपाध्यक्ष रानाले गाउँपालिकाले सीप विकास,क्षमता अभिवृद्धि ,युवा स्वरोजगार तथा महिला उत्थानका कार्यक्रमहरु क्रमिक रुपमा गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।कार्यक्रममा पैयूँ गाउँपालिका वडा नं. ५ का अध्यक्ष निर्भीक नारायण भुर्तेलले बोल्ने क्षमताको विकासले पारस्परिक सञ्चारमा अव्वलता सिर्जना हुने बताउनुभयो । वडाको नीति तथा कार्यक्रम वडाबासीको समस्या समाधान हुने गरी निर्माण गरिएको उल्लेख गर्दै भुर्तेलले मानव सचेतना नहुँदासम्म अन्य कार्यक्रमहरुको सार्थकता कम हुने बताउनुभयो ।

    images

    3 p.JPG

    उहाँले नागरिकको चेतनाको स्तर उकास्न सके अन्य पक्षका विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरुमा पनि सीपमूलक तथा सचेतना अभिवृद्धिका कार्यक्रमहरु गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।तालिमका सहभागीहरुले वडाले आयोजना गरेको तालिमले आफुहरुमा आत्मविश्वास बढेको प्रतिक्रिया दिएका छन् । स्थानीय सरकार स्थापनादेखि वडाले पहिलो पटक तालिमको आयोजना गरेर दृढताका साथ आफ्नो विचार प्रस्तुत गर्न सक्ने बनाएको उनीहरुको भनाई छ ।

    4 p.JPG

    उनीहरुले कृषि,स्वरोजगार,सीप विकास लगायतका विषयमा समय समयमा तालिम तथा गोष्ठी गर्न गाउँपालिकासँग माग गरेका छन् ।असार १६ देखि २१  गतेसम्म चलेको तालिममा वालिङ टेलिभिजनका पत्रकार मोहन सुनार र युनिक एफएमका नारायण न्यौैपानेले सहजीकरण गरेका थिए ।

    5p.JPG

    बिहिवार, आषाढ २३ २०७९०६:४५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend