Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अविरल बर्षाले पर्वतको बाजुङ भुमको बस्ती जोखिममा

अविरल बर्षाले पर्वतको बाजुङ भुमको बस्ती जोखिममा

  • PNN Times
  • शुक्रवार, भाद्र २६ २०७७


  • अविरल बर्षाले पर्वतको बाजुङ भुमको बस्ती जोखिममा
     
    भदौ २६, पर्वत। पर्वतको मोदी गाउँपालिका वडा नम्बर ५ बाजुङ भुममा रहेको सिंगो बस्ती नै जोखिमा परेको छ । बिहिबार  राती परेको अविल बर्षाका कारण १५ घरधुरी रहेको सिगों बस्ती नै जोखिममा परेको हो  ।  गत साउनमा बस्ती भन्दा तलबाट खसेको पहिरोले करिब ३ सय मिटरको क्षेत्रमा क्षति पुराएको थियो  ।
     
    जसका कारण त्यहाँका स्थानीयहरु असुरक्षित भएको स्थानीय शिक्षक तिलक सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार अबिरल बर्षाका कारण पहिरो घरछेऊमा आइ आगँन समेत चिराचिरा परेका छन् । रातभर पानी पर्दा जाग्रम बस्न उनीहरु बाध्य भएको उनले बताए।
     
    गत साउनमा पहिरो जाँदा साथ मोदीगाउँपालिकामा समेत खबर भएको थियो । खबर लगतै गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल,डिमुवा प्रहरी,वडा कार्यालय ,गाउँपालिकाका प्राबिधिकहरु समेतले अनुगमन गरि बस्ती जोगाउँने आश्वासन दिए पनि कुनै पहल नगरेको उनीहरुको गुनासो छ ।
     
    गाउँ नै जोखिममा रहेका बेला स्थानीय सरकारलाई सम्पर्क गर्न खोज्दा समेत फोन नलाग्ने,लागे पनि नउठने गरेको उनीहरुको भनाइ छ । गाउँपालिकाले शिघ्र समस्या समाधान गर्दै वस्ती स्तान्तरण गर्न वा सुरक्षित राख्न पहल गरिदिन समेत जोड्दार माग गरेका छन् ।

    शुक्रवार, भाद्र २६ २०७७०९:२७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend