Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रुपन्देहीको राममणि क्याम्पसका शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप

रुपन्देहीको राममणि क्याम्पसका शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप

  • सन्दिप लुइटेल
  • मंगलवार, आषाढ २८ २०७९


  • रुपन्देहीको राममणि क्याम्पसका शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप

    रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित ( राममणि बहुमुखी क्याम्पसका ) शिक्षकमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । विज्ञान विषय पढाउने शिक्षक केशव ढुंगानाले सोमबार सो कलेजमा अध्ययनरत एकजना छात्रालाई  दुर्व्यवहार गरेका हुन् । 

    पेटको समस्या भएपछि छात्रालाई डेरामा छाड्न गएका ढुंगानाले आफुलाई उचालेर चुम्बन गरेको पीडित छात्राले आफ्ना साथीहरुलाई बताएकी छन् ।
     
    अगुवा विद्यार्थीहरुले सो घटना प्रिन्सिपल ताराप्रसाद पराजुलीलाई जानकारी गराएका छन् । तर, प्रिन्सिपलले सो घटना प्रहरीमा जानकारी नगराउन भन्दै छात्राका अभिभावकलाई रोक्न खोजेको सोही क्याम्पसमा बीए चौंथो वर्षमा अध्ययनरत एकजना विद्यार्थीले रातोपाटीलाई बताए । 
     
    दुर्व्यवहार गरेपछि आफुले शिक्षकलाई थप्पड हानेको र सो कलेजमा पढ्दिन भनेर पीडित छात्राले एकजना अगुवा विद्यार्थीलाई गरेको मेसेज रातोपाटीलाई प्राप्त भएको छ ।
     
    सोमबार दिउँसो २ बजेको सो घटनाबारे सूचना र उजुरी नआएको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । उनले भने– ‘घटनाबारे उजुरी अथवा सूचना हामीकहाँ आएको छैन ।’ 
     
    प्रिन्सिपल पराजुलीले पीडितका बुवालाई बोलाएर ‘छोरीको इज्जत जान्छ’ भन्दै हल्ला नगर्न दबाव दिएको विद्यार्थीहरुले बताएका छन् ।

    मंगलवार, आषाढ २८ २०७९११:०८:३७

    सन्दिप लुइटेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend