Logo

शनिवार, कार्तिक १ गते २०८३

images

महिला नेतृत्व विकासको लागि हामी सहकार्य गर्न तयार छौँ –राजदुत भल्क

महिला नेतृत्व विकासको लागि हामी सहकार्य गर्न तयार छौँ –राजदुत भल्क

  • मोहन सुनार
  • मंगलवार, आषाढ २८ २०७९


  • महिला नेतृत्व विकासको लागि हामी सहकार्य गर्न तयार छौँ –राजदुत भल्क

    असार २८,वालिङ । नेपालका लागि अष्टे«लियन राजदुत फेलोसिटी भल्कले महिला नेतृत्व विकासको लागि सहकार्य गर्न अष्टे«लिया तयार रहेको बताउनुभएको छ ।
    वालिङ नगरपालिकाले आयोजना गरेको शिष्टाचार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत भल्कले महिलाहरुलाई सक्षम बनाउँदै आत्मनिर्भर बनाउन सके स्थानीय सरकारको सफलता देखिने बताउनुभएको हो ।
    उहाँले अष्टे«लिया सरकार र नेपालका विभिन्न पालिकाहरुसँगको सहकार्यमा सञ्चालित कार्यक्रमहरुले सफलता पाएकोमा खुशी व्यक्त गर्नुभयो । 
    नागरिकको समृद्धिको लागि विचार तथा कार्यगत योजनाहरुको पारस्परिक रुपमा लेनदेन हुन आवश्यक रहेको उल्लेख गर्दै राजदुत भल्कले अष्टे«ेलियाका विभिन्न स्थानीय तहहरुमा पनि वालिङ नगरपालिकाले लागू गरेका विकासका मोडेलहरु अवलम्बन गरिएको जानकारी दिनुभयो ।
    कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले नगरपालिकामा नयाँ जनप्रतिनिधिको रुपमा निर्वाचित भएको छोटो समयमा नै नेपालका लागि अष्टे«लियन राजदुतसँग साक्षात्कार गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले यस्ता भेटघाटले शिष्टाचार सम्बन्ध र दिगो मित्रतामा थप टेवा पुग्ने बिश्वास गर्नुभयो ।

    eee.JPG

    images

    वालिङ नगरपालिका र दी एसिया फाउण्डेशनबीच सम्झौता भई सञ्चालनमा रहेको स्थानीय सरकार सबलीकरण कार्यक्रमले नगर विकासको लागि सहयोग पुगेको उल्लेख गर्दै नगरप्रमुख खाँणले आगामी दिनमा यस्ता कार्यक्रमहरुको निरन्तरताको अपेक्षा व्यक्त गर्नुभयो ।
    नगरप्रमुख खाँणले अष्ट्रेलियाको संघीयता कार्यान्वयनको सिकाईलाई आदानप्रदान गर्नका लागि त्यहाँका सफल स्थानीय सरकारहरुसंग भगिनी सम्बन्ध स्थापित गरेर अष्ट्रेलिया र वालिङ नगरपालिकाको प्रगाढ सम्बन्धको निरन्तरता चाहना व्यक्त गर्नुभयो ।

    वालिङ नगरपालिकाका उप्रमुख कविता तिवारी तथा कार्यपालिका सदस्यहरुले महिला विकास तथा नेतृत्व क्षमता अभिवृद्धिको लागि राजदुत भल्कसँग अन्तक्र्रिया गरेका छन् ।
    नगर उपप्रमुख तिवारीले महिला सक्षमता कार्यक्रमको लागि अष्टे«लियन सरकारको सहयोग रहने अपेक्षा व्यक्त गर्नुभयो ।
    साक्षात्कार कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले वालिङ नगरपालिकाले नागरिकको समृद्धिको लागि गरेका कामहरुको संक्षिप्तमा प्रस्तुत गर्नुभएको थियो । वालिङ नगरपाकिाले गरेका फोहोरमैला व्यवस्थापन, कोभिड–१९ प्रभावितहरुको व्यवस्थापन लगायतका विषयमा जानकारी गराउनुभयो ।

    hhh.JPG

    उहाँले नागरिकको सेवा प्रवाहलाई सहज बनाउन मोबाइल एप्स तथा सुचना प्रविधिको प्रयोगलाई महत्व दिइएको बताउनुभयो ।
    राजदुत भल्कले वालिङ नगरपालिकाले सञ्चालन गरेको इनोभेशन सेन्टर,फोहोरमैला व्यवस्थापन केन्द्र लगायत अवलोकन गर्नुभएको थियो ।

    मंगलवार, आषाढ २८ २०७९०२:१६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend