Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

वालिङका उद्यमी तथा कृषकहरुलाई कृषि सामाग्री तथा बिउबिजन बितरण 

वालिङका उद्यमी तथा कृषकहरुलाई कृषि सामाग्री तथा बिउबिजन बितरण 

  • PNN Times
  • सोमवार, श्रावण २ २०७९


  • वालिङका उद्यमी तथा कृषकहरुलाई कृषि सामाग्री तथा बिउबिजन बितरण 

    श्रावण २, वालिङ ।वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री तथा बिउबिजन बितरण गरिएको छ । कृषकहरुका माग र आवश्यक्ताका आधारमा कृषि औजारहरु अन्य सामाग्री बितरण गरिएको नगरपालिकाले जनाएको छ । 
    वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘हरित पुनःउत्थान तथा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत कृषि औजार, बिउजन बितरण गरिएको हो । 
    कृषि सामाग्री हस्तान्तरण गर्नुहुँदै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले बास्तविक कृषकहरुलाई सहयोग गरि उत्पादन बढाउने नगरपालिकाको नीति रहेको जानकारी गराउनु भयो । उहाँले भन्नुभयो, ‘कृषक र उद्यमीलाई प्रोत्साहन गर्दै आवश्यक सहयोग गर्दै जानेछौं । ’
    मागको आधारमा कृषक तथा उद्यमीहरुलाई आवश्यक सामाग्री उपलव्ध गराईएको भन्दै उपप्रमुख तिवारीले भन्नुभयो,उत्पादन बढाउने कृषकहरुका लागि नगरपालिकाले जुनसुकै सहयोग गर्नेछ ।  नँया ब्यवशाय गर्न खोजेका युवाहरु तथा ब्यवशाय प्रवद्र्धन गर्न चाहाने उद्यमीहरुलाई नगरपालिकामा सञ्चालनमा रहेको ईबिक शाखामा सम्पर्क गर्न सुझाव समेत दिनुभयो । 
    कार्यक्रममा बोल्नु हुँदै प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले कृषक तथा उद्यमीहरुको सोचमा परिवर्तन आएमा मात्रै उत्पादन बृद्धि गर्न सकिने बताउनु भयो । कृषक तथा उद्यमीहरुलाई उपलव्ध गराईएको सामाग्रीहरुको सही सदुपयोग गर्न सुझाव समेत दिनुभयो । 
    कृषक तथा उद्यमीका माग र सहकारी तथा समूहहरुको आवश्यक्ताका आधारमा सामाग्री बितरण गरिएको दियालो संस्थाका कार्यबाहक अध्यक्ष सीतादेवी गैह्रे पंगेनीले जानकारी दिनुभयो । कार्यक्रममा बिभिन्न १० वटा सहकारी तथा समूहलाई बिउबिजन, ४० जना कृषकलाई टनेल,एक समूहलाई कम्वाईन मिल, चापकटर, ठेला लगायतका सामाग्री बितरण गरिएको परियोजनाले जनाएको छ । 


    सोमवार, श्रावण २ २०७९०६:५४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend