Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

निस्ति नहरमा पहिरो, रामपुरका किसानले धान रोप्न पाएनन्

निस्ति नहरमा पहिरो, रामपुरका किसानले धान रोप्न पाएनन्

  • गोपाल जिटी
  • शनिवार, श्रावण ७ २०७९


  • निस्ति नहरमा पहिरो, रामपुरका किसानले धान रोप्न पाएनन्

    श्रावण ७ ,स्याङ्जा ।पाल्पाको रामपुरमा किसानहरुले साउनको साता बित्नलाग्दा पनि रोपाईं गर्न पाएका छैनन् । निस्तिखोलाबाट ल्याएको पानीको एकमात्र नहरमा पहिरो खसेर पानी अबरुद्ध हुँदा रोपाईंलगायत वर्षे खेतिको काम प्रभावित हुन पुगेको हो । यहि असार २५ गते गएको पहिरोले नहरमा पानी नआउँदा किसानहरु मर्कामा परेका छन् ।
    पहिरो खस्नुभन्दा अगाडि रोपेका धान सुक्ने अवस्थामा पुगेका छन् भने करिव ६० प्रतिशत खेतमा रोपाईंको काम बाँकि छ ।
    अहिले रामपुर सिंचाई नहर समितिले उपभोक्ताको सहायतामा पहिरो फाल्ने प्रयास भैरहे पनि अझै एक साता नहरमा पानी हाल्न नसकिने समितिका अध्यक्ष हिनण्यराज रेग्मी बताउनुहुन्छ ।

    उपभोक्ताका साथै नेपाली सेना तथा नेपाल प्रहरीले पनि पहिरो फाल्न सहयोग गरिरहेको अध्यक्ष रेग्मीले जानकारी गराउनुभयो । विगतका वर्षहरुमा वर्षातको समयमा बाढीका कारण छिटपुट समस्या हुने गरेपनि यसरी पहिरो गएको थिएन, उहाँले सुनाउनुभयो ।२०४६ सालदेखि सञ्चालनमा आएको नहरले रामपुर फाँटमा सिंचाई हुँदै आएको हो । यो नहरले नै रामपुर फाँट हराभरा  भएको हो । अध्यक्ष रेग्मीले भन्नुभयो—“यदि यो नहरबाट सिंचाई नभएको भए रामपुरका ९० प्रतिशत नागरिक विस्थापित हुने अवस्था थियो । पहिरो रोकथाम र केही कमजोर ठाउँमा वाल लगाउने काम हुन नसके रामपुरवासीमा ठूलो समस्या आउँनसक्छ । ।”

    images

    eeeeee.jpg

    रामपुर सिंचाई नहरबाट झण्डै १२ सय हेक्टर जमिनमा सिंचाई हुन्छ भने २०७८ को आँकडा अनुसार करिव ५ हजार घरधुरी यसैमा आश्रित छन् ।
    रामपुर फाँटदेखि २५ किलोमिटर दक्षिण निस्तिखोलामा नहरको बाँध बनाइएकोे छ । अहिले नहरको बाँधदेखि साडे दुई किलोमिटर पूर्व रामपुर नगरपालिका वडा नम्वर ३ छादि पाखामा पहिरो गएको हो ।आकासे पानीको भरमा खेति गरेर खान सम्भव छैन, यही नहरको भरमा हामी किसानहरु आश्रित छौं । यदि सिंचाईको व्यवस्था हुन सकेन भने जटिल अवस्था आउने इस्लामपुरका किसान महमद अलिको दुखेसो छ ।
    यस्तै सिंचाइ आयोजना शाखा ४ का किसान कृष्ण घिमिरे भन्छन्—रामपुरवासीको आधार बनेको नहरमा ठुलो पहिरोका कारण समयमा वर्षेखेति लगाउन नपाउँदा निरास बनाएको छ, ।

    स्थलगत अवलोकन गरिसकेका छौं, यतिबेला नगरपालिकाको खाता सञ्चालनको अवस्था नभएको हुँदा तत्काल आर्थिक सहयोग गर्न नसकिने नगरपालिकाका प्रशासकीय अधिकृत गङ्गा सुवेदीले बताउनुभयो । नहर समितिले काम गराइरहेकाले पछि सहयोग गर्ने आश्वासन दिएको अधिकृत सुवेदीको भनाई छ ।नगरपालिकाबाट नगरप्रमुख, प्रशासकीय अधिकृतसहितको टोलीले स्थलगत अवलोकन गरेर आर्थिक सहयोग गर्ने आश्वासन मात्र दिएको छ पहिरो फाल्न तदारुक्ता नदेखाएको सिंचाई आयोजनाका ५ नम्वर शाखा अध्यक्ष रामभक्त भट्टराईको गुनासो छ ।

    शनिवार, श्रावण ७ २०७९०७:५१:२८

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend