Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सहकारीद्वारा राहत हस्तान्तरण

सहकारीद्वारा राहत हस्तान्तरण

  • गोपाल जिटी
  • बिहिवार, श्रावण १९ २०७९


  • सहकारीद्वारा राहत हस्तान्तरण

    श्रावण १९,चापाकोट । स्याङ्जाको वालिङमा रहेको उपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो शेयर सदस्यलाई राहत हस्तान्तरण गरेको छ । सहकारीले मृगौला तथा क्यान्सर जस्ता रोगबाट पीडित हुनपुगेका शेयर सदस्यका लागि स्थापना गरेको कोषबाट प्रदान गरेको हो । विगत एकवर्षदेखि क्यान्सर रोगबाट पीडित शुशिला सेन ठकुरीलाई विहिबार सेवाकेन्द्र दामाचौरमा एक कार्यक्रम गरी रुं १५ हजार हस्तान्तरण गरेको हो ।
    राहत हस्तान्तरण गर्दै सहकारीका व्यावसाय प्रवद्र्धन उप समितिका संयोजक परशुराम लम्सालले संस्थाले स्थापना गरेको उपकार राहत कोषबाट जटिल रोगको उपचारमा सहयोग कार्यक्रम अन्तर्गत मृगौला र क्यान्सरबाट पीडित शेयर सदस्यहरुलाई राहत स्वरुप रुं १५ हजार प्रदान गर्दै आएको बताउनुभयो । शेयर सदस्यहरुबाट जम्मा गरी स्थापना गरिएको राहतकोष रकमको व्याजबाट मृगौला र क्यान्सरबाट पीडित हुन गएका शेयर सदस्यहरुलाई राहत प्रदान गर्दै आएको संयोजक लम्सालले उल्लेख गर्नुभयो ।
    संस्थाले कार्यविधि तयार पारेर अप्mठ्यारोमा परेका सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । यसका साथै नवजात शिशु स्याहारका लागि र सदस्यको मृत्यु संस्कारमा समेत सहयोग गर्दै आएको व्यावसाय प्रवद्र्धन उप समितिका संयोजक लम्सालले जानकारी गराउनुभयो ।
    वालिङमा मुख्य कार्यालय रहेको सहकारीले वालिङ, कालिगण्डकीको मिर्मि, वालिङ १३को बायँटारी, चापाकोटको दामाचौर र वालिङ ७ केवरेमा गरी पाँच ठाउँमा सेवाकेन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ ।

    बिहिवार, श्रावण १९ २०७९०९:५९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend