Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

वालिङका नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता

वालिङका नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता

  • PNN Times
  • शुक्रवार, श्रावण २० २०७९


  • वालिङका नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता

    मणी अर्याल

    श्रावण २०,वालिङ ।स्याङ्जाको वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँण नागरिकको घर दैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभएको छ । शुक्रबार वालिङ नगरपालिकाको वडा नंं १४ को विभिन्न टोल तथा घर–घरमा गएर नगरप्रमुख खाँणले सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभएको हो ।
    सामाजिक सुरक्षा भत्ता वितरण गर्दै नगरप्रमुख खाँणले बैँङ्कका भीड लागेर सामाजिक सुरक्षा भत्ता लिँदा नागरिकहरुले समस्या भोग्नुपरेको हुँदा घरदैलोमा नै आएर भत्ता वितरण गरेको बताउनुभयो ।
    पछिल्लो समयमा कोभिड १९ को संक्रमण पनि बढिरहेको हुँदा संक्रमण जोखिम न्युनिकरणको लागि पनि घर दैलोमा नै आएर भत्ता वितरण गरिएको नगरप्रमुख खाँणले उल्लेख गर्नुभयो ।उहाँले जेष्ठ नागरिकहरु बैँङ्कमा गएर लाइनमा बस्न नसक्ने,बँैङ्किङ क्षेत्रको भीडले कोभिड १९ लगायतका अन्य सरुवा रोगहरुको पनि जोखिम बढ्ने भएकाले घर आँगानमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी दिनुभयो ।नगरप्रमुख खाँणले नगरबासीहरुको समस्यामा नगर सदैव साथमा रहेको बताउँदै नगरपालिका नागरिकको दैनिकीको सहयात्री बन्ने स्पष्ट पार्नुभयो ।

    images

    1212.JPG

    भत्ता वितरण गर्दै नगरउपप्रमुख कविता तिवारी गैह«ेले जनप्रतिनिधिहरु नागरिकका सेवक भएकाले समय हुँदासम्म नागरिकका सुख दुखमा सहभागी हुनुपर्ने बताउनुभयो । उहाँले जेष्ठ नागरिकहरुको आशिर्वाद सबैभन्दा ठूलो आशिर्वाद भएकोले घरदैलोमा नै पुगेर आशिर्वाद लिन पाउँदा आफु सन्तुष्ट रहेको उल्लेख गर्नुभयो ।वालिङ नगरपालिका वडा नंं.१४ का विभिन्न टोलमा १ सय ५१ जना सेवाग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ । मेघा बैँङ्क लिमिटेड वालिङ शाखाको समन्वयमा गरिएको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा वालिङ १४ का वडा अध्यक्ष राजु कुँवर ,वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

    शुक्रवार, श्रावण २० २०७९०१:४६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend