Logo

आइतवार, कार्तिक २ गते २०८३

images

किसान बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षण बढ्यो

किसान बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षण बढ्यो

  • गोपाल जिटी
  • आइतवार, श्रावण २२ २०७९


  • किसान बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षण बढ्यो

    श्रावण २२,चापकोट । कालिगण्डकी तट नजिकै शहरी कोलाहलबाट टाढा रहेको प्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षणमा वृद्धि हुँदै आएको छ । शान्त र वातावरणीय हिसावले राम्रो मानिएको स्याङ्जाको चापाकोट १० किसानमा सञ्चालित प्राविधिक शिक्षालयमा वार्षिकरुपमा विद्यार्थी संख्यामा वृद्धि हुँदै आएको हो ।स्थापनाको चौथो वर्षमा अगाडि बढेको शिक्षालयमा विद्यार्थी आउने क्रमले तिब्रता पाएसँगै आकर्षण बढ्दै आएको हो । यातायात सुविधाका हिसावले सिद्धार्थ राजमार्ग र निर्माणाधिन कालिगण्डकी करिडोर जस्ता राष्ट्रिय राजमार्गको नजिकै भएको र शाखा सडकसँग जोडिएको छ ।
    सरकारले प्रत्येक पालिकामा स्थापन गर्ने नीति अनुसार यो प्राविधिक शिक्षालय सञ्चालनमा ल्याइएको हो । सिटिइभिटीको देशभरका ६३ वटा आंगिक शिक्षालय मध्ये किसान प्राविधिक शिक्षालय पनि एक हो ।
    यहाँ तीनवर्षे डिप्लोमा इन एग्रीकल्चर प्लान्ट साइन्स वाली विज्ञान ,तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर पशु विज्ञान, तीनवर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाई भैरहेको छ । शिक्षालय प्रमुख मोहन बहादुर कार्कीले ३ सय भन्दा धेरै विद्यार्थी यहाँ अध्ययनरत रहेको जानकारी गराउनुभयो । भौतिक पूर्वाधारसहित पचास रोपनी क्षेत्रफलमा शिक्षालय फैलिएको छ । खेतिपाती र घाँसका लागि केही नपुग जग्गा नगरपालिकाको समन्वयमा खोजी भैरहेको पनि शिक्षालय प्रमुख कार्कीले बताउनुभयो ।
    नेपाल सरकारले दलित, मुश्लिम र पिछडिएका वर्गका लागि विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत ४० जनाको कोटा भएकामा ३५ जनाले यो सुविधामा अध्ययनरत छन् । यसका साथै उनीहरुलाई निर्वाह भत्तास्वरुप रु. ३ हजार ५ सय पाउँछन् भने पोशाक वापत रु.२५ सय र आतेजाते भनेर १५ सय वार्षिकरुपमा पाउछन् । शिक्षालय प्रमुख कार्कीका अनुसार यतिबेला तीनवर्षे डिप्लोमा इन एग्रीकल्चर प्लान्ट साइन्स वाली विज्ञानका ३८ जना विद्यार्थीले तेस्रो वर्षको परीक्षा दिएर नतिजाको पर्खाइमा छन् ।तीनवर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङका विद्यार्थीहरु तेस्रोवर्षको परीक्षा दिदै छन् भने छैटौं सेमिस्टरको अध्ययन पूरा गरेपछि उनीहरुले विभिन्न पालिका तथा एनजिओ आइएलजिओमा रोजगारी प्राप्त गर्न सक्नेछन् ।

    आइतवार, श्रावण २२ २०७९०८:०५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend