श्रावण २२,वालिङ ।स्याङ्जाको वालिङमा स्थापित पिरामिड कुटीले सेवा सुभारम्भ गरेको छ । वालिङ ८ भीमटारीमा प्राकृतिक जीवनशैली सम्बन्धी एकिकृत सेवाको थालनी गरेको हो ।यहाँ प्राकृतिक जीवनशैली अन्तर्गत पृथ्वीशैली, जलशैली, तेजशैली, वायूशैली, आकाश शैली, आहार विहार शैली, आश्रमशैली र विश्राम शैलीमा सैद्धान्तिक र अभ्यासमूलक काम गरिने कुटीका संयोजक डा. अच्युतशरण अर्यालले जानकारी गराउनुभयो ।
२०७३ सालमा स्थापना गरिएको सांस्कृतिक सोधगुठी अन्तर्गत पिरामिड कुटी सञ्चालनमा ल्याइएको हो ।सुभारम्भका अवसरमा विहारशैली अन्तर्गत ऋषिकुञ्ज योगपीठकी सञ्चालिका इन्द्रेणी शर्माबाट जङ्गल थेरापी र ध्यान सम्बन्धी सांकेतिक प्रारम्भ गरिएको छ । यसैगरी आहारशैली तथा जलशैली सम्बन्धी कुटीका सञ्चालक गङ्गा अर्याल र विशाल ज्ञवालीले जानकारीसहित अभ्यास गराउनुभएको थियो ।
समग्र जीवनशैलीका बारेमा जानकारी गराउँदै डा. अर्यालले हामी सबै स्वस्थ रहनुपर्छ र यसका लागि ध्यान, ज्ञान र संस्कारको आवस्यक पर्ने बताउनुभयो । उहाँले अग्रजहरुले प्रयोग गर्ने कुटी वास्तवमै ध्यान र ज्ञानको केन्द्र भएकाले आप्mना माता पिताका नाममा पिरामिड कुटीको स्थापना गरेको जानकारी गराउनुभयो । आदिमकालदेखि संस्कृत विद्या र संस्कृतिको विकासले मानव समाजलाई अगाडि बढाएको इतिहास साक्षी भएको उल्लेख गर्दै अध्यक्ष डा.अर्यालले समाजलाई सकारात्मक बाटोमा डो¥याउने काममा यसको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।