Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँ गाउँपालिका वडा नम्बर १ ले जेहेन्दार विद्यार्थीलाई निशुल्क पढाउने 

पैयूँ गाउँपालिका वडा नम्बर १ ले जेहेन्दार विद्यार्थीलाई निशुल्क पढाउने 

  • PNN Times
  • सोमवार, श्रावण २३ २०७९


  • पैयूँ गाउँपालिका वडा नम्बर १ ले जेहेन्दार विद्यार्थीलाई निशुल्क पढाउने 

    साउन २३,पर्वत । पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर १ ले जेहेन्दार विद्यार्थीलाई निशुल्क पढाउने  भएको छ । वडा नम्बर १  स्थित टकलाक मा.वि. बाट २०७८ को एसइइ  परिक्षामा सहभागी भई ३.६ जिपिए प्राप्त गरी उत्तीर्ण छात्रा कुशुम सुनारको सम्पूर्ण खर्च वडाले ब्यहोर्ने भएको हो । 

    दलित समुदायको विपन्न परिवारमा जन्मेकी कुशुम गाउँ घर, मेलापात गरी सामुदायिक विद्यालयमा पढेकी थिईन । सोही विद्यालयबाट उनले ३.६ जिपिए प्राप्त गरी उत्तीर्ण गरेकोमा वडाले गौरव र प्रेरणाको विषय रहेको जनाएको छ ।

    images

    वडा नम्बर १ का वडा अध्यक्ष मिन प्रसाद न्यौपानेले उनलाई हार्दिक बधाई ज्ञापन गर्दै उनको उज्जल भविष्यको लागि शुभकामना व्यक्त गर्नु भएको छ । साथै उहाँले उनको परिवार संग छलफल गरी  उनले जनसेवा मा.वि. हुवासमा विज्ञान संकायमा अध्ययन गर्ने र सोको व्यवस्था वडाले गर्ने जानकारी दिनुभयो ।

    वडाले उनको  कक्षा ११ र १२ मा लाग्ने भर्ना शुल्क, मासिक शुल्क र परिक्षा शुल्कको सम्पूर्ण खर्च ब्यहोर्ने वडा अध्यक्ष न्यौपाने बताउनु भयो ।

    सोमवार, श्रावण २३ २०७९१०:१३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend