वालिङ ।कृषि पेशामा परिश्रम अनुसार उत्पादन लिन नसकिएका कुरा धेरै सुन्ने गरिन्छ । तर स्याङ्जाको चापाकोट १० किसानका युवा कृषक दिपक श्रेष्ठले थोरै जग्गामा खेति गरेर पनि राम्रो आम्दानी गर्न सकिने बताएका छन् ।श्रेष्ठले तीन रोपनी जग्गामा गरिने अन्नबालीको उत्पादनलाई आधा रोपनीमा गरिने तरकारीखेतिले जित्ने बताएका हुन् ।
वैदेशिक रोजगारीका शिलशिलामा २ वर्ष कतारमा काम गरेर फर्केका श्रेष्ठले विगत ५ वर्षदेखि तरकारीखेति गर्दै आएका हुन् । उनले मौसमी तथा वेमौसमी तरकारी फलाएर राम्रो आम्दानी गर्दै आएका छन् । विदेशमा अरुको आदेशमा काम गर्नुपथ्र्यो भने यहाँ आफ्नो खुसीले गरिन्छ । विदेशमा भन्दा धेरै सजिलो हुने श्रेष्ठले बताए ।समयको माग अनुसार नगदेबाली लगाएर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने श्रेष्ठबाट सिक्न सकिन्छ । श्रेष्ठको कान्छी बजार बहुउद्देश्यीय कृषि फर्ममा यतिबेला लहरे बोडी फलेर तयारी भैरहेका छन् भने गोलभेडा पनि फल्न थालेको छ ।पेशा सुरु गरेपछि एकहप्ते तालीम लिएका श्रेष्ठले युट्यूव लगायतका सामाजिक सञ्जाल हेरेर पनि सिक्ने गरेको बताए ।
तालीम लिएर काम गर्ने हो भने धेरै राम्रो हुन्छ । मौका पाए तालीम लिने उनको विचार छ ।उनी भन्छन—“चापाकोटमा बाहिरबाट गाडिका गाडि तरकारी आइरहन्छ, हामीले उत्पादन गर्न सक्नुपर्छ, सहजै विक्रि हुन्छ । हामीले सिधै पसले र उपभोक्तालाई विक्रि गर्न सकिन्छ, कुनै विचौलिया हावी हुन पाउदैन । यहाँ उत्पादन भएको तरकारी एउटा पसललाई पनि पु¥याउन सकिदैन भने बजारको समस्या हुने कुरै छैन । यति राम्रो हुदाहुुदै पनि चापाकोटका नागरिकहरुमा तरकारीखेतिमा ध्यान पुग्न सकेको छैन । काम ग¥यौं भने पैसा कमाउन कहि जानुपर्दैन यहिँ छ भन्ने चेतना छैन ।”
तरकारीसँगै श्रेष्ठले बङ्गुर पनि पालेका छन् । तीनवटा माउबाट उत्पादित बच्चा विक्रिबाट पनि राम्रै आम्दानी भैरहेको छ ।
विभिन्न पालिकाले किसानहरुलाई प्रोत्साहित गरेका समाचार सुन्न पाइन्छ तर चापाकोटमा त्यस्तो नभएको उनको गुनासो छ । कृषि ज्ञानकेन्द्रबाट केही सहायता मिल्ने गरेपनि नगरपालिकाबाट नभएको उनले सुनाए । फाइल पेस गर्न त भन्छन्, पेस ग¥यो सुनुवाइ हुँदैन, बुझ्न जाँदा फाइल हरायो भन्छन् ।
एक दुइवटा करेलाका झाल हुने र एक दुइ वटा भैंसी पाल्नेले अनुदान लगायतका फाइदा लिएका छन् ।
कोरोना कहरका बेला केही असहज भएपनि अहिले ठीक छ । तरकारीखेतीमा आत्तिनुपर्ने केही छैन । धान मकैको तुलनामा धेरै गुना उत्पादन लिन सकिन्छ ।कृषि ज्ञानकेन्द्र र घरेलुबाट केही सहयोग मिले पनि नगरपालिकाबाट पाइएको छैन ।
तरकारीमा रोग लागेमा श्रेष्ठले आँफै व्यवस्थापन गर्छन् । नगरपालिकाले दुइवटा वडाका लागि एकजना प्राविधिक खटाएको सुनिन्छ तर अहिलेसम्म भेटघाट समेत हुन नसकेको उनको गुनासो छ । कुर्चीमा बस्ने तलव खाने काम मात्रै भएको हो कि भन्ने श्रेष्ठको बुझाइ छ ।अनुदान भन्दा प्राविधिकको उपलव्धता र समयमा मल बीउ पाउनसके किसानहरुलाई राम्रो हुने श्रेष्ठको भनाई छ ।