Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कालीगण्डकीमा वडास्तरिय तिज नृत्य प्रतियोगिता सम्पन्न

कालीगण्डकीमा वडास्तरिय तिज नृत्य प्रतियोगिता सम्पन्न

  • मोहन सुनार
  • सोमवार, भाद्र ६ २०७९


  • कालीगण्डकीमा वडास्तरिय तिज नृत्य प्रतियोगिता सम्पन्न

    भाद्र ६,बिर्घा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा तिज गीत तथा  नृत्य प्रतियोगिता सम्पन्न भएको छ । 
    गाउँपालिकाको आयोजनामा वडास्तरिय तिज नृत्य प्रतियोगिता सम्पन्न भएको हो । हिन्दु नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा गाउँपालिकाले हरेक वर्ष तीज गीत तथा नृत्य प्रतियोगिता आयोजना गर्दै आए बमोजिम यस वर्ष पनि प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । 
    तीज गीत तथा नृत्य प्रतियोगिताको उद्घाटन गर्दै स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधि सभा सांसद तथा पूर्व मन्त्री पद्मा कुमारी अर्यालले तीजले नेपाली नारीहरुको बीचमा सद्भाव बढाउने बताउनुभयो । उहाँले चाडपर्व मनाउने नाममा क्षमता भन्दा बाहिर खर्च गर्ने परम्पराको विकास भएकोप्रति दुख व्यक्त गर्दै तीजलाई भड्किलो रुपमा नमनाउन आग्रह गर्नुभयो ।

    teej 2.jpg
    सांसद अर्यालले महिला नेतृत्व र क्षमताको विकासले समाज र देशको मुहार परिवर्तन गर्न सकिने उल्लेख गर्दै सामाजिक कार्यहरुमा महिला सहभागिता वृद्धि गर्न आवश्यक रहेको औँल्याउनुभयो ।कार्यक्रममा गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले महिलावर्गको विकासको लागि गाउँपालिकाले योजना बनाएर काम गरेको बताउनुभयो । महिला सशक्तिकरण तालिम , सीपमूलक तालिम, नेतृत्व विकास तालिम लगायतका कार्यक्रम तथा तालिमहरुको आयोजना गरेर महिला सशक्तिकरणलाई बढावा दिइएको अध्यक्ष थापाले उल्लेख गर्नुभयो ।
    गाउँपालिका उपाध्यक्ष साबित्रा कोइरालाले हरेक टोल तथा बस्तीबाट नारी जागरणको खाँचो रहेको बताउँदै महिलाहरु स्वरोजगार बन्न आवश्यक भएको उल्लेख गर्नुभयो । ग्रामिण क्षेत्रमा अझैपनि महिलाहरुको आर्थिक तथा शैक्षिक अवस्था सबल नरहेकोमा चिन्ता व्यत्तः गर्दै कोइरालाले गाउँपालिकाले महिला सशक्तिकरणको लागि बजेट विनियोजना गरेको जानकारी दिनुभयो ।
    सात वटा वडहरुको सहभागिता रहेको  प्रतियोगितात्मक कार्यक्रममा वडा नं ४ को समुहले प्रथम स्थान हासिल गरेको थियो । कार्यक्रममा मिर्मी आधारभुत विद्यालयले बाद्यबादनमा संयोजन गरेको थियो गाउँपाललिका उपाध्यक्ष सावित्रा कोइरालाको अध्यक्षतामा सम्पन्न  कार्यक्रमको सञ्चालन बुद्धीसरा भण्डारी र लक्ष्मी रानाले गर्नु भएको थियो ।

    images

    सोमवार, भाद्र ६ २०७९१०:१२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend