Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मृगौला पीडितलाई आर्थिक सहयोग

मृगौला पीडितलाई आर्थिक सहयोग

  • PNN Times
  • आइतवार, भाद्र २८ २०७७


  • भदौ २८, वालिङ ।  स्याङ्जा वालिङका मृगौला पीडितलाई नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) ले आर्थिक सहयोग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वालिङको १० नम्बर वडा कमिटिले मृगौला पीडितलाई सहयोग प्रदान गरेको हो ।
    वडा कमिटीले वालिङ नगरपालिका वडा नं.१० मोहरिया फेदीका केशव खवास र शेखर खवासलाई नगद बीस हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
    गत साउन ७ गते राती परेको अविरल वर्षाका कारण वालिङ १० चिलाउनेखर्क बस्ने ज्ञानबहादुर खवास र धन बहादुर खवासको घर पहिरोको जोखिममा परेपछि उनीहरु मोहरियामा भाडामा बस्दै आएका छन् ।
    आर्थिक अवस्था कमजोर भएका खवास परिवारका दुई जना छोराहरु मृगौलाको समस्याबाट ग्रसित भएकोले उनीहरुको स्वास्थ्योपचारको केहि राहतहोस भन्ने हेतुले सहयोग गरिएको कमिटिका अध्यक्ष डोलराज सुवेदीले बताउनुभयो ।
    आर्थिक अवस्था कमजोर भएका कारण छोराहरुको नियमित उपचार गर्न गाह्रो भएको अवस्थामा सहयोग पाउँदा खुशी लागेको बताउँदै मृगौला पीडित खवासका बाबु ज्ञानबहादुर खवासले यस्तै सहयोग अन्य ठाउँबाट आए आफ्ना छोराहरुको जीवन रक्षा हुने आशा व्यक्त गर्नुभयो ।
    दैनिक मजदुरी गरेर परिवार पाल्दै आएका खवास र उनका भाई धन बहादुरका छोराहरु एक वर्षदेखि मृगौलाको समस्याबाट पीडित छन् । 

    आइतवार, भाद्र २८ २०७७०७:४७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend