Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतमा पहिरोले घर पुरिदा एक बालिकाको मृत्यु, दुई जना घाईते

पर्वतमा पहिरोले घर पुरिदा एक बालिकाको मृत्यु, दुई जना घाईते

  • PNN Times
  • सोमवार, भाद्र २९ २०७७


  • पर्वतमा पहिरोले घर पुरिदा एक बालिकाको मृत्यु, दुई जना घाईते
     
    भदौ २९, फलेवास पर्वत । पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीय नबिन विवको घर पहिरोले पुरिँदा उनकी छोरी तीन बर्षिया आकृति विकको घटनास्थलै मृत्यु भएको वडाध्यक्ष टिकाराम गौडेलले बताए ।
     
    पहिरोमा पुरिएर नबिन विककी श्रीमती लक्ष्मी विक सहित अन्य दुई जना घाईते भएका छन् । घर पुरिँदा घाईते भएकाहरुको गाउँले र स्थानीयवासीले उद्धार गरेका थिए । उनीहरुको अवस्था सामान्य छ ।
     
    मुडिकुवा चुरी गाउँबाट झरेको पहिरोले र्सिसवा सम्मको दुई किलोमिटरको क्षेत्रमा क्षति पुराएको छ । पहिरोसँगै आएको बाढिले चार घरहरुमा क्षति पुराएको छ ।  स्थानीय घनश्याम भुसालका अनुसार पहिरोले पुरिएर उनको घरमा पालिएका दुई भैसी र एक वटा गोरु समेत पुरिएको छ ।
     
    विहान चार वजेको समयमा पहिरो आएर घर पुरिएको होे । यता, जिल्ला प्रहरी कार्यालय पर्वतले पहिरोमा पुरिएर एक बालिकाको ज्यान गएको पुष्टि गरेको छ ।
     
    pp pahiro.JPG1.JPG

    सोमवार, भाद्र २९ २०७७०९:१०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend