Logo

शनिवार, कार्तिक १ गते २०८३

images

काव्य लोकार्पण तथा विमर्श

काव्य लोकार्पण तथा विमर्श

  • गोपाल जिटी
  • शनिवार, भाद्र १८ २०७९


  • काव्य लोकार्पण तथा विमर्श

    भाद्र १८,वालिङ । स्याङ्जाको वालिङमा काव्य लोकार्पण तथा विमर्श गरिएको छ । मिलन समिरद्वारा लिखित कविता सङ्ग्रह “प्रिय दुश्मन” को शनिबार एक कार्यक्रमका बीच लोकार्पण तथा विमर्श गरिएको हो ।पुस्तक विमोचन गर्दै कवि तीर्थ श्रेष्ठले कविता लेख्न त्यति सजिलो नभएको बताउनुभयो । कतिपय कवितामा व्याख्या गरिएको हुने उल्लेख गर्दै कवि श्रेष्ठले कविता लेखिसके पछि कविको काम सकिन्छ र त्यसको व्याख्या गर्ने काम पाठकको रहेको बताउनुभयो ।

    नेपालमा राजनीति गर्ने र कविता लेख्ने काम सजिलो मानिन्छ तर सोंचे झैं सजिलो नभएको कवि श्रेष्ठले बताउनुभयो । मानिसले जीवनमा एक न एक दिन कविता नै नलेखेपनि कवितात्मकरुपमा गुन गुनाउँछ तर त्यो कविता नभएर अनुराग मात्र हुने उहाँले उल्लेख गर्नुभयो ।मानिसमा चेतना अभिवृद्धिका साथै सामाजिक परिवर्तनमा ठुलो भूमिका खेल्ने कवि श्रेष्ठको भनाई छ ।

    images

    कविताको समिक्षात्मक टिप्पणी  लक्ष्मण वियोगी र सञ्जिव पौडेलले गरेका थिए ।
    कार्यक्रममा कमला अधिकारी, बालकुमार क्षत्री, मनिषा कोइराला, भोजकुमारी पाण्डे, चिन्तु गिरी, लोकहरि पाण्डे, ध्रुव शर्मा पङ्गेनी, लेखनाथ काफ्ले लगायतले रचना वाचन गरेका थिए ।

    शनिवार, भाद्र १८ २०७९०७:११:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend