Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कार्यपत्र प्रस्तुति, अन्तरक्रिया तथा रचनावाचन

कार्यपत्र प्रस्तुति, अन्तरक्रिया तथा रचनावाचन

  • PNN Times
  • आइतवार, जेठ ३ २०८३


  • कार्यपत्र प्रस्तुति, अन्तरक्रिया तथा रचनावाचन

    स्याङ्जाको वालिङमा कार्यपत्र प्रस्तुति, अन्तरक्रिया तथा रचनावाचन कार्यक्रम गरिएको छ । प्रगतिशील लेखक संघ स्याङ्जाको आयोजनामा शनिबार कार्यपत्र प्रस्तुति, अन्तरक्रिया तथा रचनावाचन गरिएको हो ।

    प्रगतिशील लेखक सङ्घ स्याङ्जाका अध्यक्ष अनन्त अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा दुई छुट्टाछुट्टै कार्यपत्रको प्रस्तुति गरिएको थियो । प्रा.डा. यदुनन्दन उपाध्यायले, “नेपाली प्रगतिशील साहित्य लेखन” र “स्याङ्जा जिल्लामा प्रगतिवादी साहित्यको उद्भव र विकास” शिर्षकमा त्रिलोचन ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    images

    प्रा.डा. उपाध्यायद्वारा प्रस्तुत कार्यपत्रमाथि, प्रगतिशील लेखक संघ गण्डकीका पूर्व अध्यक्ष प्रा. यादवराज उपाध्यायले टिप्पणी राखेका थिए । यसैगरी ढकालद्वारा प्रस्तुत कार्यपत्रमाथि प्रगतिशील लेखक संघ गण्डकीका सचिवालय सदस्य बाबुराम सुवेदीले टिप्पणी राखे ।

    प्रस्तुत कार्यपत्रमाथि उठेका जिज्ञासा र प्रश्नमाथि कार्यपत्र प्रस्तुतकर्ताद्वयले थप स्पष्ट पारेका थिए ।
    कार्यपत्रको प्रस्तुति सहित सिर्जना वाचनसमेत निर्दिष्ट गरिएको कार्यक्रममा स्रष्टाहरू लिलाम्बर ढुङ्गाना, सुलव खनाल, दमकला बगाले, भविश्वर पङ्गेनी, सनत कुमार गैह्रे, चण्डिकाप्रसाद भट्टराई, हिमालयजङ्ग बानियाँ, श्रीराम ढकाल, वसन्त खनाल, कमल बगाले, ढाल बहादुर केसी, द्रोणराज काफ्ले, लगायतले आ–आफ्ना सिर्जना वाचन गरेका थिए ।

    आइतवार, जेठ ३ २०८३०७:४१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend