Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने

वालिङमा कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने

  • PNN Times
  • मंगलवार, जेठ १२ २०८३


  • वालिङमा कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने

    वालिङ, १२ जेठ ।
    स्याङ्जाको वालिङमा कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने भएको छ । यही जेठ १५ गते शुक्रबार गणतन्त्र दिवसका अवसरमा वालिङ नगरपालिका व्यापि विद्यालय स्तरीय (कक्षा १० सम्म) कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने भएको हो ।

    विद्यार्थीहरुको अन्तरनीहित प्रतिभा प्रस्फुटनमा टेवा पु¥याउने उद्देश्यले नगरपालिकाले गतवर्षदेखि कविता वाचन तथा चित्रकला प्रतियोगिता सञ्चालनमा ल्याएको हो । प्रतियोगितामा सहभागी विद्यार्थीहरुले आ–आफ्नो रुची अनुसार कविता वाचनसँगै साहित्य सिर्जना एवम् चित्रकलाका क्षेत्रमा विकास गर्न मद्दत पुग्ने नगरपालिकाले विश्वास लिएको छ ।

    प्रत्येक विद्यालयबाट कविता वाचन र चित्रकला प्रतियोगिताका लागि १÷१ जनाको सहभागिता गराइने छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद रु.५ हजार, ३ हजार, २ हजार र १÷१ हजार सहित प्रमाणपत्रले पुरस्कृत गरिने नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले जनाएको छ । 

    यसैगरी नगरपालिका भित्रका सबै माध्यमिक विद्यालयहरुलाई मूल्याङ्कनका आधार सहित प्रतियोगितामा सहभागिताका लागि पत्राचार गरिसकिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख खेमनारायण काफ्लेले जानकारी दिए । 

    वालिङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगितात्मक कार्यक्रमको संयोजन भेषजराज साहित्य प्रतिष्ठान स्याङ्जाले गरेको छ ।
    प्रतिष्ठानले यस अवसरमा आफ्नो मासिक नियमित रचनावाचनको ९७ औं शृङ्खला समेत  समावेस गरिने जनाएको छ ।

    मंगलवार, जेठ १२ २०८३०८:३३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend