Logo

शनिवार, कार्तिक १ गते २०८३

images

भेषजराज साहित्य प्रतिष्ठानको ९९ औँ शृङ्खला सम्पन्न

भेषजराज साहित्य प्रतिष्ठानको ९९ औँ शृङ्खला सम्पन्न

  • PNN Times
  • सोमवार, श्रावण १८ २०८३


  • भेषजराज साहित्य प्रतिष्ठानको ९९ औँ शृङ्खला सम्पन्न

        स्याङ्जाको वालिङमा भेषजराज साहित्य प्रतिष्ठानले नियमित रचनावाचनको ९९ औँ शृङ्खला सम्पन्न गरेको छ । प्रतिष्ठानले साहित्य, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ आइतबार वालिङमा कार्यक्रम आयोजना गरेको हो ।
    कार्यक्रममा डेढ दर्जनभन्दा बढी स्रष्टाले गजल, कविता, लघुकथा, मुक्तकलगायत विभिन्न साहित्यिक सिर्जना वाचन गरेका थिए ।

      स्रष्टाहरूले समसामयिक विषयवस्तु, सामाजिक यथार्थ, मानवीय संवेदना, प्रेम, प्रकृति तथा जीवनका विविध पक्षलाई आफ्ना सिर्जना मार्फत प्रस्तुत गरेका थिए ।  नियमित रचनावाचन कार्यक्रमले अग्रज स्रष्टा सम्मानका साथै नव प्रतिभाहरुका लागि अवसर र साहित्य सिर्जनामा टेवा पुगेको सहभागीहरुको बुझाई रहेको छ ।

    images

       नियमित रूपमा सञ्चालन हुँदै आएको रचनावाचन शृङ्खलाले स्थानीय स्रष्टालाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै नयाँ तथा पुराना स्रष्टाबीच साहित्यिक सहकार्य र अनुभव आदानप्रदानमा सहयोग पु¥याउँदै आएको प्रतिष्ठानले जनाएको छ ।

       साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै आगामी दिनमा १०० औँ शृङ्खलालाई विशेष कार्यक्रमका रूपमा आयोजना गर्ने तयारी समेत गरेको प्रतिष्ठानले जनाएको छ ।

    सोमवार, श्रावण १८ २०८३०७:५३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend