Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

राजनीतिक भागवण्डाको अखडा बन्यो वालिङ उद्योग वाणिज्य संघ

राजनीतिक भागवण्डाको अखडा बन्यो वालिङ उद्योग वाणिज्य संघ

  • गोपाल जिटी
  • शुक्रवार, भाद्र २४ २०७९


  • राजनीतिक भागवण्डाको अखडा बन्यो वालिङ उद्योग वाणिज्य संघ

    भाद्र २४, वालिङ ।वालिङ उद्योग वाणिज्य संघको गत १८ गते शनिबार गर्ने भनिएको १६ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेसन स्थगित भयो ।
    संघको सातौं अधिवेशन पनि यसैगरी विवादमा तानिएको थियो । निकै समयको रस्सा कस्सीपछि अन्ततः राजनीतिक भागवन्डामा गएर कुरा टुङ्गिएको थियो । अहिले पनि त्यही राजनीतिक भागवन्डाले निरन्तरता पाएको छ ।उद्योगी व्यावसायीहरुको हकहितमा काम गर्ने संघ यसरी दलीय स्वार्थमा केन्द्रित हुनु दुःखको कुरा हो ।२०७५ वैशाखमा गर्ने सातौं अधिवेशनका सम्वन्धमा २०७४ फागुनदेखि नै विवाद सुरु हुँदै आएको थियो । २०७५ जेठ १५ गते राजनीतिक भागवन्डामा गरिएको सहमतिका आधारमा असार १ गते अधिवेशन सम्पन्न भएको थियो ।
    अहिले गत भदौ १८ गते शनिबार आठौं अधिवेशन गर्नका लागि संघले प्रतिवेदन पुस्तिका छपाईदेखि सम्पूर्ण तयारी ग¥यो । अहिले पनि तोकिएको समयमा हुन सकेन । संस्थामा आवद्ध उद्योगी, व्यावसायीहरुमा अन्यौलता पैदा गराएको छ ।संघले २०७५ जेठ १५ गतेको निर्णयमा गोला प्रथाद्वारा असार १ गते साँझ ५ बजेसम्म गर्ने उल्लेख गरिए अनुसार सातौं अधिवेशन सम्पन्न भएको थियो ।
    जस अनुसार एमालेका तर्फका शोभाकान्त पौडेल अध्यक्ष र बहुमतसहित कांग्रेसका अर्जुनप्रसाद खनाल वरिष्ठ उपाध्यक्ष भएका थिए ।२०७५ जेठ १५ गतेको निर्णयका आधारमा गोला प्रथाद्वारा आठौं अधिवेशन गर्न एमाले पक्ष असहमत हुने देखिएपछि निर्णय कार्यान्वयनको माग सहित नगरपालिकाको न्यायिक समितिमा लिखित निवेदन गरेको कांग्रेसका अर्जुनप्रसाद खनालको भनाई छ ।
    खनालसहित ११ जनाको उजुरी अनुसार उप प्रमुख कविता तिवारी गैह«ेको आदेशसहितको पत्रका आधारमा साधारणसभा तथा आठौं अधिवेशन स्थगित भयो । कार्यालय सचिव बाबुराम रेग्मीका अनुसार “स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार विवाद समाधान नभएसम्मका लागि साधारणसभा तथा अधिवेशन स्थगन गर्नुहुन अनुरोध छ” भनी नगर उप प्रमुखबाट पत्र आएपछि कार्यक्रम स्थगित गरिएको हो ।तर नगरपालिकाको स्थानीय ऐन २०७४ को पुस्तिकामा संस्था सञ्चालन नियमन सम्बन्धी उल्लेख गरिएको पाईंदैन ।निजी संस्थाको कार्यक्रम न्यायिक समितिकी संयोजकसमेत रहेकी वालिङ नगर उप प्रमुख गैह«ेको आदेशमा स्थगित भएको भन्ने कुराको बचाउ गर्दै आफ्नो नेतृत्वमा रोक्न लगाइएको वरिष्ठ उपाध्यक्ष खनालको दावी छ । २०७५ जेठ १५ गतेको निर्णय नगरपालिकामै भएकाले सहमति जुट्ने नदेखेपछि उजुरी गरेको वरिष्ठ उपाध्यक्ष खनालको जिकिर छ ।
    विधिवत सञ्चालनमा रहेका निजी तथा गैर सरकारी संघ संस्थाका नियमित गतिविधी यसरी रोक्ने वा स्थगित गर्नेवारे स्थानीय संस्था सञ्चालन ऐनमा नभएको संघका केन्द्रीय सदस्यसमेत रहनुभएका अध्यक्ष शोभाकान्त पौडेलको दावी छ ।

    शुक्रवार, भाद्र २४ २०७९०९:२३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend