Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

विद्यालय हिंडेका बुटवलका ३ बालक मुम्बइ पुगेपछि…

विद्यालय हिंडेका बुटवलका ३ बालक मुम्बइ पुगेपछि…

  • PNN Times
  • आइतवार, भाद्र २६ २०७९


  • २६ भदौ, बुटवल । बुटवल उपमहानगरपालिका-११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान विद्यालय जान भनी घरबाट हिंडेका थिए ।

    तर,  उनीहरू त्यस दिन विद्यालय गएनन्, साँझसम्म घर पनि फर्केनन् । विद्यालय हिंडेका उनीहरू परिवारसँग सम्पर्कविहीन भए ।

    images

    कसैको पनि सम्पर्कमा नआएपछि उनीहरू अपहरणमा परेको आशंका गरियो । परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिए ।

    शनिबार साँझसम्म उनीहरू सम्पर्कमा आएनन् । प्रहरीमा निवेदन परेपछि उनीहरू खोजी सूचीमा परे । 

    निवेदनपछि प्रहरीले खोजी सुरु गर्‍यो । अनुसन्धान थाल्यो । तर, सम्पर्कविहीन भएका तीनै जना बालक मुम्बइ पुगेको पत्ता लाग्यो ।

    विद्यालय जान्छु भनेर हिंडेका उनीहरू मुम्बइमा आफन्तकोमा भेटिएको रुपन्देही प्रहरीले जनाएको छ ।

    बेपत्ता तीनैजना समीर लम्सालको बुबाले रोजगारी गर्ने ठाउँ मुम्बइमा पुगेका र उनीहरू सुरक्षित रहेको सागरका मामा राजु पन्थीले प्रहरीलाई जानकारी दिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए ।

    ‘उनीहरू आफैं मुम्बई गएका हुन् वा अरु कसैले लगेको हो भन्ने अझै खुलेको छैन, अनुसन्धान भइरहेको छ’, उनले भने ।

    तीनजना मध्ये २ जना नवीन औद्योगिक मावि र एकजना नहरपुर माविमा अध्ययनरत हुन् । 

     

    आइतवार, भाद्र २६ २०७९१०:४९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend