Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

अखिल नेपाल किसान महासंघद्वारा पालिकालाई ज्ञापन पत्र

अखिल नेपाल किसान महासंघद्वारा पालिकालाई ज्ञापन पत्र

  • गोपाल जिटी
  • आइतवार, भाद्र २६ २०७९


  • अखिल नेपाल किसान महासंघद्वारा पालिकालाई ज्ञापन पत्र

    भाद्र २६,वालिङ । अखिल नेपाल किसान महासंघले वालिङ नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । महासंघ स्थायी समिति सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज लक्ष्मीपति पोडेलको नेतृत्वमा आइतबार वालिङ नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको हो ।आगामी आर्थिक वर्षमा कूल बजेटको कम्तिमा २५ प्रतिशत रकम कृषिक्षेत्रमा विनियोजन गरियोस, समयमा रासायनिक मल उपलव्ध गराउन पालिकाको सबैलाई पायक पर्ने स्थानमा मल भण्डार निर्माण गरियोस् भन्ने ज्ञापन पत्रमा माग गरिएको छ । यसैगरी सबै वडामा प्राङ्गारिक मल उत्पादन परियोजना स्थापना गरियोस्, पालिकामा कम्तिमा एउटा शित भण्डार निर्माण गरियोस् ज्ञापन पत्रमा भनिएको छ ।
    कृषि मजदुरको न्यूनतम ज्याला निर्धारण, शित भण्डार, सिंचाई र खानेपानीको लागि विद्युत महशुलमा कम्तिमा ७५ प्रतिशत अनुदानको व्यवस्था गरियोस लगायत २२ वुदे माग सहितको ज्ञापन पत्र वालिङ नगर प्रमुख कृष्ण खाँडलाई बुझाइएको हो । प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै आफ्नो पालिकामा कृषिका क्षेत्रमा प्राथमिकताका साथ काम गरोस् र पालकिाको तर्फबाट कृषिका क्षेत्रमा तपसिलका कामहरु तत्काल अघि बढाउन जोडदार माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख खाँडले यस वर्षको बजेटमा कृषिमा विशेष जोड दिइएको छ, कृषक र कृषिका क्षेत्रलाई महत्वका साथ सम्वोधन गरिने विश्वास व्यक्त गर्नुभयो । आइतबार वालिङ नगरपालिकासँगै गण्डकी प्रदेशका सबै पालिकाहरुमा ज्ञापनपत्र बुझाइएकोसमेत महासंघका स्थायी समिति सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज पोडेलले जानकारी गराउनुभयो ।

    आइतवार, भाद्र २६ २०७९०८:१९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend