Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

  • PNN Times
  • बुधवार, भाद्र २९ २०७९


  • भदौ २९ , काठमाडौं । काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि डोजर चलाएको छ ।

    अनधिकृत संरचना हटाउन पटक–पटक अनुरोध गरेता पनि अटेर गरेको भन्दै डोजर चलाउन बाध्य भएको महानगर नगर प्रहरीले जानकारी दिएको छ ।

    images

    नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार अतिक्रमण गरी सञ्चालन भएका फुटपाथ र नक्सा विपरीतको बेसमेन्ट हटाउन डोजर चलाइएको हो ।

    महानगरले अनधिकृत संरचना, नक्सा विपरीत प्रयोग भएका बेसमेन्ट, मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरु हटाउँदै आएको छ ।

    बुधवार, भाद्र २९ २०७९०३:०८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend