Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने,नमाने तलब रोकिने

पैयूँमा जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने,नमाने तलब रोकिने

  • मोहन सुनार
  • बुधवार, भाद्र २९ २०७९


  • पैयूँमा जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने,नमाने तलब रोकिने

    भदौ २९, पर्वतको पैयूँ गाउँपालिकाका जनप्रतिनिधि र सरकारी कर्मचाारीले आफ्ना छोरा छोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने भएको छ ।

    बुधबार बसेको पैयूँ गाउँपालिकाको शिक्षा समितिको बैठकले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचाारीका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको हो । यो नियम आगामी शैक्षिक सत्रदेखि लागु हुने गाउँपालिकाका शिक्षा समितिका संयोजक टुकलाल न्यौपानेले जानकारी दिनु भयो । 

    images

    सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तरमा सुधार ल्याउन यो नियम लागु गर्ने भएका हौ पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण राज मल्लले भन्नु भयो यो नियम सबैले मान्नु पर्ने छ । आगमि शैक्षिक सत्र २०८० बाट लागु हुने यो नियम नमानेमा जनप्रतिनिधि र कर्मचाारीको तलब भत्ता रोकिने अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

    पछिल्लो समय सामुदायिक विद्यालय प्रति अभिभावकको विश्वास गुम्दै गएको बेला यो नियम लागु भएपछि सामुदायिक विद्यालयमा पढाउने अभिभावकहरुको समेत विश्वास बढ्ने देखिन्छ । यसका साथै गाउँपालिकाले शिक्षामा सुधार गर्न अब नियमित रुपमा विद्यालयको अनुगमन गर्ने भएको छ । अनुगमन कार्ययोजना नै बनाई शिक्षा समितिले काम गर्ने भएको हो । 

    बुधवार, भाद्र २९ २०७९०९:३५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend