Logo

शनिवार, कार्तिक १ गते २०८३

images

चोलेन्द्रले आक्रोशित हुँदै भने– सुरक्षाकर्मीले निवास घेरेका छन्, म कसरी निस्कन सक्छु ?

चोलेन्द्रले आक्रोशित हुँदै भने– सुरक्षाकर्मीले निवास घेरेका छन्, म कसरी निस्कन सक्छु ?

  • PNN Times
  • आइतवार, आश्विन २ २०७९


  • चोलेन्द्रले आक्रोशित हुँदै भने– सुरक्षाकर्मीले निवास घेरेका छन्, म कसरी निस्कन सक्छु ?

    सर्वोच्च अदालत फर्कने आफ्नो प्रयासमा सरकारले बाधा पारेपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आक्रोशित बनेका छन् । 

    निवासमै रहेको वा निस्किएको भन्नेबारे प्रतिक्रिया लिन खोज्दा नयाँ पत्रिकासँग उनले आक्रोशित हुँदै भने, ‘सरकारले बिहानैदेखि निवासअगाडि सुरक्षाकर्मी तैनाथ गरेको छ । बाहिर निस्कन दिएका छैनन् । अनि, कसरी सर्वोच्च पुग्नु ?’

    images

    उनी बसिरहेको बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारीनिवासअगाडि अहिले पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । उनीहरू बिहानैदेखि त्यहाँ खटिएका हुन् । 

    उनले आफू सर्वोच्च जाने तयारीमा रहे पनि सरकारले निवासमै रोकिदिएको बताए । ‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ । तर, सरकारले निवासमै रोकिदियो । निवासबाहिर प्रहरी तैनाथ गरिएको छ,’ उनले भने । 

    उनलाई रोक्न नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरू पनि सर्वोच्च परिसरमा तयारी अवस्थामा छन् । सर्वोच्च गेटमै पनि व्यापक रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।  

    आइतवार, आश्विन २ २०७९१२:४८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend