Logo

आइतवार, कार्तिक २ गते २०८३

images

पैयूँमा एक दिने कर शिविर कार्यक्रम सुरु

पैयूँमा एक दिने कर शिविर कार्यक्रम सुरु

  • PNN Times
  • सोमवार, आश्विन ३ २०७९


  • पैयूँमा एक दिने कर शिविर कार्यक्रम सुरु

    असोज ३, पर्वत । पर्वतको पैयूँमा एक दिने कर शिविर कार्यक्रम सुरु भएको छ । पर्वत उद्योग वाणिज्य संघ पैयूँ उपशाखाकोआयोजनामा कर शिविर सुरु भएको हो ।

    शिविरको पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले उद्घाटन गर्नु भएको हो । शिविरको उद्घाटन गर्दै उपाध्यक्ष रानाले सबैव्यावसायिहरुलाई  करको दायरामा आउन आग्रह गर्नु भएको छ ।

    images

    उहाँले दक्षिण पर्तका नागरिक कर तिर्न कुश्मा जान नपर्दा पनि राहात मिल्ने भन्दै यहि कर तिर्ने व्यवसाय दर्ता गर्ने नविकरण गर्ने व्यवस्थामिलाएकोमा आयोजकलाई धन्यवाद समेत दिनु भयो ।

    शिविरको अवसरमा पैयूँ गाउँपालिकाले पालिकामा दर्ता नभएका व्यवसायिहरुलाई दर्ता गर्न हेल्प डेक्स समेत राखेको छ ।

    सोमवार, आश्विन ३ २०७९१०:४५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend