Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

भूमिहिन रामपुरवासीलाई लालपूर्जा दिइने— नगर प्रमुख थापा

भूमिहिन रामपुरवासीलाई लालपूर्जा दिइने— नगर प्रमुख थापा

  • गोपाल जिटी
  • बिहिवार, आश्विन ६ २०७९


  • भूमिहिन रामपुरवासीलाई लालपूर्जा दिइने— नगर प्रमुख थापा

    आश्विन ६,रामपुर ।पूर्वी पाल्पाको रामपुर नगरवासीहरुले जग्गाधनि पूर्जा पाउने भएका छन् ।रामपुरको बेझाँड बजारलगायतका क्षेत्रमा वर्षौदेखि बस्दै आएका सयौं नागरिकहरु अहिलेम्म पनि लालपूर्जा बिहिन थिए । नगरपालिका बन्नुभन्दा पहिला तत्कालिन गाविस तथा संघ संस्थाहरुबाट जग्गा किनेर बसेकाहरुले लालपूर्जा पाउने भएका हुन् । यसका लागि जिल्ला तथा केन्द्रसँगको समन्वय गरी आँफ्नो अध्यक्षतामा आयोग गठन गरेर लालपूर्जा उपलव्ध गराउने कार्य अगाडि बढाइएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।
    उहाँका अनुसार ७ सय ८३ जनालाई लालपूर्जा प्रदान गरिने छ । आश्विन पहिलो हप्ता करिव ४ सय जनालाई दिने तयारी गरिएको थियो तर तत्कालका लागि रोकिएको छ । निर्वाचन आयोगले यी सबै कामहरु रोक्का गर्नु भनेर निर्देशन गरेकाले केहि समय स्थगित भएको नगर प्रमुख थापाले जानकारी गराउनुभयो । यही मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन लगत्तै लालपूर्जा वितरण गरिने उहाँले उल्लेख गर्नुभयो ।वषौंदेखि भूमिहिन भएर बसेका नागरिकहरुलाई लालपूर्जा उपलव्ध गराउने महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा गर्व लागेको नगर प्रमुख थापाले बताउनुभयो ।
    दोश्रो कार्यकालका लागि निर्वाचित भएको १ सय दिन पार गरेको अवसरमा नगरपालिकाका गतिविधि जानकारी गराउँदै नगर प्रमुख थापाले यो वर्ष कालिगण्डकीको संरक्षणसहित मौलिक सहरको व्यावस्थापनलाई प्राथमिकता दिइने बताउनुभयो ।उहाँका अनुसार रामपुरलाई मौलिक सहरकारुपमा घोषणा भैसकेको छ । ऐतिहासिक र धार्मिक तथा सांस्कृतिक महत्व रहेको कालिगण्डकी नदिको संरक्षण गर्दै मौलिक सहर व्यवस्थापनमा लाग्ने नगरपालिकाको योजना छ ।यो वर्ष कालिगण्डकीको तीरतिरै फुटपाथहरु निर्माण गर्ने र ठाउँ ठाउँमा ठाँटी पौवाहरु बनाउने काम अगाडि बढाइने नगर प्रमुख थापाले बताउनुभयो । उहाँले भन्नुभयो—“ठाउँ ठाउँमा शौचालयहरु बनाउने, विश्राम स्थल निर्माण गरेर पर्यटन प्रवद्र्धनलाई बढावा दिने योजना छ । जति धेरै पर्यटकहरु भित्¥याउन सक्यो त्यति नै बढि प्रचार प्रसारसहितको विकास गर्न सकिन्छ भन्ने विश्वास लिएका छौं । विशेष गरी रामदीदेखि पोखरासम्म जलयात्रासहितको मार्ग बनाउने र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिने छ ।”
    छिमेकि देश भारतका पर्यटकहरुलाई आकर्षित गर्न सकिने नगर प्रमुख थापाको विश्वास छ । उहाँका अनुसार भगवान रामले १२ वर्षको वनवासका समयमा विश्राम गरेका विभिन्न स्थानहरु र गुफा तथा झरनाहरु छन्, यसको राम्रो व्यवस्थापनसहित पहिचान गराउन सकियो भने साच्चै रामपुर नगरपालिकालाई मौलिक सहर बनाउन सकिन्छ ।
    यसका साथै नगरपालिकालाई पर्यटकीय हवकोरुपमा विकास गर्न सकिने नगरपालिकाको विश्वास छ ।यसैगरी सरकारको नीति अनुसार कृषियोग्य जमिन, गैर आवादी, आवासीय लगायत जग्गाको वर्गिकरणको काम गरिने नगर प्रमुख थापाले जानकारी गराउनुभयो ।

    बिहिवार, आश्विन ६ २०७९०७:०६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend