स्याङ्जाको वालिङ १२ कोखेमा ‘तेश्रो कोखे महोत्सव’ हुने भएको छ ।
बिजयादशमी तथा दीपावली २०७९ को अवसर पारेर महोत्सव गर्न लागिएको सोमबार वालिङमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । ग्रामिण पर्यटनको विकास गर्दै राष्ट्र निर्माणमा योगदान पुर्याउने उद्देश्यका साथ महोत्सव गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारि गराइएको छ ।नवज्योति जनसेवा युवा क्लवको आयोजनामा महोत्सव हुने मूल आयोजक समितिका अध्यक्ष भविराज गुरुङले जानकारी दिनुभयो ।महोत्सवमा क्लव स्तरीयभलिबल खेल प्रतियोगिता ,राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साँङ्गितिक प्रस्तुती, ग्रामिण भेगका कलाकौशल प्रदर्शनी,स्थानिय झाँकी प्रदर्शनी लगायतका कार्यक्रमहरु रहेको आयोजकले जनाएको छ ।महोत्सवमा भेटेरान्स भलिबल प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता ,मौलिक पहिचान झल्किने सोरठी, रेलिमै लगायतका साँस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।बाहिरबाट महोत्सव अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई कोखे सामुदायिक होम स्टेमा बस्ने ब्यवस्था मिलाइएको छ ।
ग्रामिण पर्यटनको प्रवर्द्धन गरि स्थानियको आय आर्जन गर्ने उद्धेश्यले महोत्सवमा कृषि सामाग्री,होटेल व्यवसाय लगायतका मनोरन्जनको व्यवस्था मिलाइएको आयोजकले जानकारी गराएको छ ।क्लब स्तरिय खुला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार, ट्रफी, प्रमाणपत्र,मेडल ,द्वितीय पुरस्कार ६० हजार नगद ट्रफी, मेडल, प्रमाणपत्र ,तृतिय पुरस्कार ३० हजार नगद,ट्रफी मेडल,प्रमाणपत्र तथा सान्त्वना पुरस्कार १५ हजार नगद ,ट्रफी,मेडल,प्रमाणपत्र रहेको छ ।असोज १९ देखि २४ गतेसम्म आयोजना हुने महोत्सवमा १८ लाख २१ हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकको रहेको छ ।
विभिन्न सहयोगी संस्था,व्यक्ती,प्रायोजक तथा निकायहरुबाट १८ लाख ७० हजार आम्दानी गर्ने लक्ष्य लिएको क्लबले खर्चबाट बचेको रकम सामाजिक काममा प्रयोग गर्ने उद्धेश्य रहेको आयोजकले जनाएको छ ।