असोज १४ , काठमाडौं । नेपाल आयल निगमले दशैंको सार्वजनिक बिदामा १३ वटा डिपोबाट इन्धन वितरण गर्ने तालिका मिलाएको छ ।
दशैं बिदामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन समय तालिका मिलाएर निगमले डिपोहरु खुला राख्न लागेको जनाएको छ ।
प्रादेशिक डिपोहरु सञ्चालन हुँदा आवश्यकताका आधारमा पेट्रोल पम्पहरुले इन्धन खरिद गरेर उपभोक्तालाई बिक्री गर्न सक्छन् । निगमको प्रदेश एक डिपो विराटनगर र मधेश प्रादेशिक कार्यालय आलेखगञ्जले १६, २० र २१ असोजमा इन्धन बिक्री गर्ने छ ।
निगमको बागमती प्रादेशिक कार्यालय थानकोट, गण्डकी कार्यालय पोखरा र लुम्बिनी प्रादेशिक कार्यालयले १५, १६, १८ र २१ असोज इन्धन बिक्री गर्ने छ ।