Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

आँधिखोला गाउँपालिकाको प्रतिज्ञा

आँधिखोला गाउँपालिकाको प्रतिज्ञा

  • गोपाल जिटी
  • शनिवार, आश्विन १५ २०७९


  • आँधिखोला गाउँपालिकाको प्रतिज्ञा

    असोज १५,वालिङ । स्याङ्जाको आँधिखोला गाउँपालिकाले यो वर्ष शैक्षिक वर्षकारुपमा मनाउने प्रतिज्ञा गरेको छ । गुणस्तरीय शिक्षासहित मानवीय विकासलाई महत्व दिई यो वर्ष शैक्षिक वर्षकारुपमा मनाउने प्रतिज्ञा गरेको गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी गराउनु भएको छ । 
    पहिलो वर्ष शिक्षाको क्षेत्रमा स्तरवृद्धि गर्नुपर्छ भन्ने अभियानका साथ लागेको अध्यक्ष पौडेलले बताउनुभयो । यसका लागि पालिकाले सर्वे तयार गरिसकेको छ । कर्मचारी मिलान तथा विद्यार्थीको वस्तुगत अवस्था र भौतिक संरचनाका लागि पनि पालिकाले तयारी थालिसकेको छ । विज्ञसँग विद्यार्थी कार्यक्रम सञ्चालन गरेर शैक्षिक स्तर वृद्धिमा लाग्ने योजना अगाडि सारेको अध्यक्ष पौडेलले उल्लेख गर्नुभयो । 
    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ वटा विद्यालयमा टेण्डर भई भवन निर्माणको काम अगाडि बढाइएको छ । यसका साथै अन्य विकास निर्माणका कामलाई पनि सँगै लैजाने अध्यक्ष पौडेलको भनाई छ ।उहाँले आँफू निर्वाचित भएको १ सय २० दिन पुगिसकेको र यो समयमा ग्रामिण सडक स्तर उन्नतिको काम अगाडि बढाइएको जानकारी गराउनुभयो । करिव ५ सय मिटर ग्रामिण सडक ढलानसहित पीच गर्ने काम सम्पन्न भएको छ ।  बाँकि वडा नम्वर २ को २ ठाउँमा पनि काम अगाडि बढाइएको अध्यक्ष पौडेलले बताउनुभयो । 
    यसैगरी सामान्य स्वास्थ्य उपचारका लागि पनि पोखरा जानुपर्ने वाध्यता कम गर्न सेतिदोभानमा रहेको पालिका स्तरीय सामुदायिक अस्पताललाई स्तर उन्नतिमा जोड दिइएको छ । यसका लागि कार्यविधि तयार गरेर सरोकारवालाहरुसँगको समन्वयमा डाक्टरको व्यवस्था गरिएको छ । सामुदायिक अस्पतालमा ल्याव टेक्निसियनसहितको सेवा दिने र विशेषज्ञ डाक्टरसेवा उपलव्ध गराउने तयारी थालिएको गाउँपालिकाले जनाएको छ । 
    भौतिक विकासले संरचनागत विकास त हुन्छ तर त्यो भन्दा पनि मानवीय विकासलाई महत्वकासाथ लिएको उहाँले उल्लेख गर्नुभयो । युवाशक्तिलाई सीप विकाससँगै आय आर्जनसँग जोडेर आर्थिक विकासमा प्रोत्साहित गरिने कार्यक्रमलाई पालिकाले प्राथमिकतामा पारेको छ । विकासलाई आय आर्जन र समृद्धिसँग जोडेर विदेशिने युवाहरुलाई रोक्नका लागि भर्चुवल माध्यमबाट छलफल चलाइसकिएको अध्यक्ष पौडेलले बताउनुभयो । 
    अध्यक्ष पौडेलका अनुसार खेतियोग्य जग्गाको वर्गिकरण गरेर कृषि व्यवसायको प्रवद्र्धनमा जोड दिइने छ । कृषि उत्पादनमा आत्मनिर्भर उन्मुख गराई अनुदानलगायतका किसान प्रोसाहनका कार्यक्रमलाई तिब्रता दिइने छ ।

    शनिवार, आश्विन १५ २०७९०२:०२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend