भदौ ३०, काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल गएको आइतबार सकिएको छ । घिसिङ २०७३ सालको भदौमा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो ।
बिदाइ कार्यक्रममा घिसिङले आफ्नो कार्यकालमा सबैको साथ र सहयोग पाएको भन्दै सबैलाई धन्यवाद दिनुभएको छ । साथै उहाँले सबै नेपाली नागरिक आफ्नो प्रेरणाको स्रोत भएको बताउनुभएको छ ।
भाषणकै क्रममा उहाँले कुनै पनि प्रतिष्ठानमा हुने नेतृत्व परिवर्तनलाई नियमित र स्वाभाविक प्रक्रियामा लिन आग्रह गर्नुभएको छ । उहाँले प्राधिकरणको निरन्तर प्रगतिको कामना पनि गर्नुभएको छ ।
२०५१ सालमा सातौँ तहको इन्जिनियरबाट प्राधिकरणमा प्रवेश गर्नुभएका घिसिङलाई तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले चिलिमे जलविद्युत् आयोजनाको प्रमुखबाट हटाएर विद्युत् प्राधिकरणमा कामविहीन अवस्थामा राख्नुभएको थियो । तर पछि तत्कालीन उर्जामन्त्री जनार्दन शर्माको पहलमा सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
आफ्नो चार वर्षे कार्यकालमा निकै प्रशंसा कमाउनुभएका कुलमान घिसिङलाई अर्को कार्यकाल पनि प्राधिकरणको नेतृत्व दिन सरकारमाथि जनदबाब बढेको थियो ।
यस्तो छ कुलमान घिसिङको बिदाइ वक्तव्य–
बिदाइ वक्तव्य
नेपाल सरकारले २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मबीच प्राधिकरण सुधारका विभिन्न सूचकांकहरु तयार गरी कार्यसम्पादन सम्झौता भएको थियो ।
ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष ९आव० २०७३र७४ मा ८८।१९, आव ०७४र७५ मा ८७।९८, आव ०७५र७६ मा ८६।८२ र आव २०७६र७७ मा ८७।५५ प्रतिशत प्राप्त भएको छ ।
मैले जिम्मेवारी सम्हाल्दा लोडसेडिङको अन्धकारले मुलुक अक्रान्त थियो । वर्षात्को समयमा समेत ६ देखि ८ घण्टाको लोडसेडिङ व्यहोरिरहनु परेको र हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नु पर्ने प्रक्षेपण थियो ।
प्राधिकरणको वित्तीय अवस्था अत्यन्त नाजुक थियो । प्राधिकरणको आव २०७२र७३सम्ममा संचित घाटा रु।३४ अर्ब ६१ करोड पुगेको थियो भने सोही वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानी थियो । एकातर्फ कहालिलाग्दो अँध्यारोले मुलुक अक्रान्त थियो भने अर्कोतर्फ प्राधिकरणको घाटाको ग्राफ बढ्दो क्रममा थियो । प्रणालीमा वार्षिक विद्युत् चुहावट २५।७८ प्रतिशत थियो, करिब ६३ प्रतिशत जनता मात्रै ग्रीडको विद्युत पहुँचमा थिए । सरकारले मलाई दिएको मुख्य जिम्मेवारी पनि लोडसेडिङको अन्त्य गरी अँध्यारो युगलाई उज्यालो बनाउने र प्राधिकरणको सुधार गर्ने नै थियो ।
वर्षभरिमा सबैभन्दा बढी विद्युत माग हुने तिहारको लक्ष्मी पूजाका दिन कुशल व्यवस्थापन एवं प्रभावकारी प्रणाली संचालनमार्फत परीक्षणको रुपमा मुलकभरि निरन्तर विद्युत आपूर्ति गर्न सफल भयौंं । २०७३ को लक्ष्मीपूजाको दिन लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो बनाउने प्रस्थान विन्दु थियो । लक्ष्मी पूजाका दिन हासिल भएको सफलताले हामीलाई थप हौसला प्रदान गर्यो । त्यसपछि पहिलो चरणमा राजधानीसहित मुलुकका प्रमुख शहरमा लोडसेडिङ अन्त्य गर्नतर्फ हामी केन्द्रित भयौं । अन्ततः मुलुकलाई उज्यालोतर्फ अगाडि बढाउन सफल भयौं । वैशाख २०७५ देखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरी मुलुकबाट लोडसेडिङलाई इतिहासमा विलय गराइदिएका छौं ।
सम्माननीय प्रधानमन्त्री, माननीय ऊर्जा मन्त्री, ऊर्जा सचिव, प्राधिकरण संचालक समितिका सदस्यहरु, राजनीतिक तथा प्रशासनिक नेतृत्व, कर्मचारी र आमउपभोक्ताको साथ र सहयोगमा नै सम्झँदै कहाली लाग्ने त्यो अँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग सुरुवात गर्न सफल भएका छौैंं ।
विद्युत् माग र आपूर्तिबीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापन र इमान्दार प्रयासबाट मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल भयौं । तर, लोडसेडिङ अन्त्य गर्नु मात्र हाम्रो अन्तिम अभिष्ट थिएन । हाम्रो योजना प्राधिकरणको चौतर्फी सुधार र विभिन्न कारणले जीर्ण बनेका तथा अलपत्र अवस्थामा रहेका उत्पादन, प्रसारण तथा वितरणतर्फका आयोजना सम्पन्न गर्नु तथा नयाँ सुरु गर्नु थियो । जीर्ण बनेका अधिकांश आयोजनाहरु निरन्तरको प्रयासबाट निर्माण सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा पुगेका छन् ।
हामीले सञ्चालन गरेको ‘उज्यालो नेपाल अभियान’बाट जनताले नियमित विद्युत आपूर्ति मात्रै पाएका छैनन् प्राधिकरणको प्रशासनिक तथा वित्तीय सुधार नि भएको छ । ऋणात्मक रहेका प्राधिकरणका वित्तीय सूचकांकहरु धनात्मक बनेका छन् ।
मैले जिम्मेवारी सम्हालेको पहिलो आर्थिक वर्षमा प्राधिकरण १ अर्ब ४७ करोड खुद नाफा कमाउन सफल भयो, त्यसपछिका वर्षहरुमा नाफाको ग्राफ उकालो लाग्दै गयो । दोश्रो वर्ष २ अर्ब ८५ करोड, तेश्रो वर्ष ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमायो, चौथो वर्षमा नाफा बढेर ११ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । कुनै बेला कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नु पर्ने अवस्थामा पुगेको प्राधिकरण संचालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये दुई वर्षदेखि सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेर गौरवपूर्ण इतिहास बनाउन सफल भएको छ । चालु आवको बजेटमा प्राधिकरणको नाफा रु। ११ अर्बभन्दा बढी रहने प्रक्षेपण गरिएको छ ।
ऋणात्मक रहेको संचित कोष धनात्मकतर्फ अघि बढिरहेको छ । चार वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ संचित नोक्सानी रहेकोमा आव ०७६र७७ मा प्राधिकरणले सम्पूर्ण संचित नोक्सानीलाई शून्यमा झारी करिब ५ अर्ब रुपैयाँ नाफामा लैजान सफल भएको छ ।
कर्मचारीको तलब खुवाउन समेत सरकारको मुख ताक्नुपर्ने अवस्थाबाट गुज्रिरहेको प्राधिकरणले पूर्वाधार विकासका योजना बनाउँदा खुट्टा कमाउनुपर्ने अवस्था थियो । तर अबका दिनमा उत्पादन, प्रसारण र वितरणको लागि आवश्यक बजेट प्राधिकरण आफैले पनि व्यवस्था गर्न सक्ने अवस्थामा पुग्ने छ । प्राधिकरणको संस्थागत जमानीमा बहुपक्षीय वित्तीय संस्थाहरुबाट ऋण लिन सकिने अवस्था सिर्जना हुन थालेको छ । हाल प्राधिकरणको छविमा सुधार आएको छ । आमनागरिकको प्राधिकरणप्रतिको दृष्टिकोणमा परिवर्तन भएकोे छ। प्राधिकरणका कर्मचारीले गर्व अनुभव गर्ने दिन आएको छ ।
लोडसेडिङ अन्त्य भइ नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि संचालन गरिएको अभियानबाट प्रसारण तथा वितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रुपमा घटेको छ । ४ वर्षअघि प्रणालीमा रहेको २५।७८ प्रतिशत विद्युत चुहावटलाई घटाएर अहिले १५।२७ प्रतिशतमा झारिएको छ ।
देशभरका करिव ८६ प्रतिशत जनताले ग्रीडको विद्युतमा पहुँच पाएका छन् । अफ ग्रीडसहित करिब ९० प्रतिशत जनताले विद्युत ऊर्जामा पहुँच प्राप्त गरेका छन् । चार वर्षअघि प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत १३०।७८ युनिट मात्रै रहेकोमा अहिले बढेर २६० युनिट पुगेको छ ।
चार वर्ष अगाडि १४ घण्टासम्मको लोडसेडिङ हुँदा मुलुकभित्रको कुल विद्युत खपतको करिब ३५ प्रतिशत विद्युत भारतबाट आयात भइरहेको थियो । तर विद्युत खपत करिव ७५ प्रतिशतले बढेको अवस्थामा समेत आव २०७६र७७ मा कुल उपलब्ध विद्युतकोे २२ प्रतिशत मात्रै आयात भएको छ भने आयातको ६ प्रतिशत विद्युत निर्यात गरिएको छ । अर्को आवबाट हामी विद्युतमा आत्मनिर्भर हुनेछौं ।
सरकारको नीति तथा कार्यक्रमअनुसार प्राधिकरणले इतिहासमा पहिलो पटक उपभोक्ताको महसुल घटाएको छ । १० युनिटसम्म खपत गर्ने गार्हस्थ्य उपभोक्तालाई इनर्जी शुल्क निःशुल्क र न्यूनतम शुल्क रु। ३० मात्र तिर्नुपर्ने व्यवस्था गरिएको छ । समग्रमा गार्हस्थ्य उपभोक्ताको महसुल करिव ८—९ प्रतिशतले घटाइएको छ भने औद्योगिक, व्यापारिक, गैरव्यापारिक उपभोक्ताहरुलाई लाग्दै आएको डेडिकेटेड र ट्रंक लाइनको महँगो महसुल हटाइएको छ । सामुदायिक खानेपानी, सिँचाइ तथा चार्जिङ स्टेशनको महसुल घटेको छ । यसले गर्दा विद्युत माग बढ्ने अपेक्षा गरिएको छ । आगामी दिनमा अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गरिएको खिम्ती–१ र स्वदेशी लगानीको माथिल्लो तामाकोशीको विद्युत सस्तोमा आउने हुँदा ग्राहकको विद्युत महसुल अझ सस्तो गर्न सकिने छ ।
एकातर्फ लोडसेडिङ इतिहासमा विलय भइ नियमित विद्युत् आपूर्ति हुन थालेपछि पछिल्ला वर्षहरुमा मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक छ भने अर्कोतर्फ प्राधिकरणले सम्पूर्ण क्षेत्रमा सुधार मात्र होइन, उल्लेखनीय फड्को मारेको छ । संस्थाभित्रको आर्थिक पारदर्शिता,जवाफदेहिता र सुशासनलाई कठोरताका साथ लागू गरिएको छ ।
भूमिगत तार बिछ्याइ काठमाण्डौ उपत्यकालाई तार र पोलरहित बनाउन, स्मार्ट मिटर जडान गर्ने, ग्रीडलाई स्वचालित गर्ने आदि कार्यको थालनी भएको छ । डिजिटल एनईए बनाउने कार्यको लागि आवश्यक प्रकृया सुरु भैसकेको छ ।
आयोजना निर्माणलाई तीव्रता दिन लामो समयदेखि अलपत्र अवस्थामा रहेका विद्युत प्रसारण र वितरणतर्फका केही आयोजनाहरुको ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का लगाइएको छ निर्माणाधीन आयोजनाहरु सम्पन्न गर्न अयोजनास्थलको नियमित निरीक्षण एवं अनुगमन गरिएको छ ।
लामो समयदेखि रुग्ण भएर बसेका माथिल्लो त्रिशूली ३ ए, चमेलिया र कुलेखानी ३ आयोजनाहरु सम्पन्न भएका छन् । निजी क्षेत्रकासहित गरी जम्मा ४५७ मेगावाटका जलविद्युत् आयोजना संचालनमा आएका छन् । प्रसारण र वितरण लाइनका रुग्ण आयोजनाहरु सम्पन्न भएका छन् र केही ठूला आयोजनाहरु सम्पन्न हुने चरणमा छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण प्राधिकरणको राजस्व संकलन प्रभावित हुन पुग्यो भने निर्माणाधीन केही आयोजनाहरु लक्षित समयमा पूरा हुन सकेनन् ।
नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने दूधकोशी ९६३५ मेगावाट०, माथिल्लो अरुण ९१०६० मेगावाट० र तामाकोशी ५ ९९९ मेगावाट० जस्ता जलविद्युत आयोजनाहरु निर्माणका लागि वित्तीय स्रोत जुटाउने चरणमा छन् । यी आयोजनाहरुको लगानी जुटाएर चाँडै निर्माण सुरु गर्ने चरणमा पुग्नेछन् ।
अन्तरदेशीय प्रसारण लाइनको क्षमता अभिवृद्धि भइ करिब १५०० मेगावाट पुगेको छ । नेपाल–भारत दोस्रो अन्तदेशीय प्रसारण लाइन न्यू बुटवल–गोरखपुरको लागि लगानी ढाँचा ९क्ष्mउझिभलतबतष्यल ःयमबष्तिथ० तयार भएको छ । साथै नेपाल चीनबीचको रातोमाटे रसुवागढी केरुङ ४०० केभी प्रसारण लाइन निर्माणको लागि समझदरीपत्रमा हस्ताक्षर भइ कार्य अगाडि बढेको छ । नेपालले भारत तथा बंगलादेशको विद्युत् बजारमा पहुँच पाउने गरी कार्य अन्तिम चरणमा पुगेको छ ।
चार वर्षे कार्यकालमा देशका लागि आवश्यक केही महत्त्वपूर्ण योजनाहरु निरन्तरको प्रयासबाट पूरा हुनसकेनन्ः जसमध्ये माथिल्लो तामाकोशीसहित चिलिमे जलविद्युत् कम्पनी अन्तर्गतका आयोजनाहरु सम्पन्न गर्ने, ढल्केबरमा ४०० केभी सबस्टेसन चार्ज गर्ने, देशलाई विद्युतमा आत्मनिर्भर बनाउँदै निर्यात गर्ने, काठमाण्डौ उपत्यकालाई तार र पोलरहित बनाउने, स्मार्ट मिटर र ग्रीड स्वचालित प्रणाली देशभरी लागू गर्ने, देशभरका शतप्रतिशत जनतालाई विद्युतमा पहुँच पुर्याउने, डिजिटल एनईए बनाउने आदि मुख्य रहेका छन् ।
आगामी दिन प्राधिकरणका लागि थप चुनौतीपूर्ण रहनेछ । अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्नु पहिलो चुनौती हो भने उत्पादित विद्युतको बजार व्यवस्थापन दोस्रो चुनौतीको रुपमा रहेको छ । विद्युत् आपूर्तिको नियमितता र गुणस्तर वृद्धि गर्नु तेस्रो चुनौती रहेको छ । संघीय संरचना र नयाँ विद्युत् ऐनअनुसार संस्थागत पुनर्संरचना गरी प्रभावकारी संचालनमा ल्याउनु चौथोे चुनौती रहको छ । यी चार मुख्य चुनौतीबाहेक अन्य व्यवस्थापकीय चुनौतीहरु थपिँदै जानेछन् ।
आभार
मलाई विश्वास गरी कार्यकारी निर्देशकमा नियुक्त गरी जिम्मेवारीपूर्वक काम गर्ने मौका दिनु हुने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०, ऊर्जामन्त्री जनार्दन शर्मालगायत तत्कालीन मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । उहाँहरुकोे नेतृत्व छोटो रहेता पनि सर्वसाधारणले अनुभूत हुने गरी लोडसेडिङ अन्त्य गर्न एवं समग्र विद्युत् क्षेत्रको सुधारको जग बसाल्न सफल भएको थियो ।
त्यसपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जामन्त्रीहरु कमल थापा र महेन्द्र शाहीको नेतृत्वमा अत्यन्त सौहार्दपूर्ण वातावरणमा प्राधिकरणको सुधार एवं विद्युत् आपूर्तिलाई व्यवस्थित बनाउने काममा थप सफलता प्राप्त भयो । उहाँहरुप्रति म आभार प्रकट गर्दछु ।
मेरो चार वर्षे कार्यकालको सबभन्दा बढी समय ९करिब साढे दुई वर्ष० वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको नेतृत्वमा व्यतित भयो । ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानको सारथी बन्न पाउँदा अत्यन्त खुसी लागेको छ ।
यस अवधिमा औद्योगिक क्षेत्रको बेलुकाको पिक डिमाण्ड हुने समयमा समेत निरन्तर विद्युत् आपूर्ति गरी २०७५ वैशाख ३१ गतेबाट देशबाट लोडसेडिङ अन्त्य भएको औपचारिक घोषणा गरियो । प्राधिकरणलाई सार्वजनिक संस्थाहरुमध्ये सबभन्दा बढी नाफा कमाउने संस्थाको रुपमा लगातार दुई वर्ष स्थापित गर्न सफल भयौँ । बहुआयामिक,गतिशील एवं अग्रसर नेतृत्व प्रदान गर्नु भएकोमा उहाँहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।
प्राधिकरणलाई दिशानिर्देश गरी सक्षम संस्थाको रुपमा विकास गर्न नीतिगत निर्णय र कार्यक्रमहरुको कार्यान्वयनमा हरदम गतिशील नेतृत्व दिनु हुने तत्कालीन ऊर्जा सचिव अनुपकुमार उपाध्याय र वर्तमान सचिव दिनेशकुमार घिमिरेप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
संचालक समितिबाट गरिने हरेक निर्णयहरुमा सकारात्मक सोचका साथ प्रभावकारी भूमिका निभाइ व्यवस्थापनको हरेक कदममा सहयोग पुर्याउनु हुने वर्तमान र पूर्व संचालकहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
प्राधिकरणलाई सामूहिक नेतृत्व दिन अहोरात्र खटिएका उच्च पदस्थ मेरा सहकर्मी साथीहरुमा उच्च तहको व्यवस्थापकीय क्षमता प्रदर्शन गर्न सफल हुनु भएकोमा हार्दिक बधाई एवं धन्यवाद दिन चाहन्छु ।
जुनसुकै कठिन परिस्थितिमा पनि उच्च मनोबलका साथ जिम्मेवारीपूर्वक कार्यसम्पादन गरी व्यवस्थापनको हरेक क्रियाकलापमा सहयोग गर्नुहुने सम्पूर्ण कर्मचारीहरुप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।
मेरो कार्यकालमा ट्रेड युनियनहरुको भूमिका अत्यन्तै सकारात्मक र महत्त्वपूर्ण रह्यो । यसका लागि आधिकारिक तथा क्रियाशील ट्रेड युनियनहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
राति, बिहान र बिदाको समय नभनी हरपल मेरो हरेक पाइलामा निरन्तर सहयोग गर्नुहुने मेरा सचिवालयका सम्पूर्ण कर्मचारी साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।
प्राधिकरणमार्फत नेपालको ऊर्जा क्षेत्रमा वित्तीय सहयोग गर्नुहुने ध्यचमि द्यबलप, ब्म्द्य, भ्क्ष्द्य, भ्ह्क्ष्ः द्यबलपक, प्ँध्, व्क्ष्ऋब्, ल्इच्ब्म्, ब्क्ष्क्ष्द्य आदि विकास साझेदार निकायहरु तथा संचय कोष, नागरिक लगानी कोषलगायत स्वदेशी वित्तीय संस्थाहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
प्राधिकरणमार्फत उत्पादन, प्रसारण र वितरण आयोजनाहरुको लागि आवश्यक बजेट व्यवस्थापन गरी सहयोग गर्नुहुने अर्थ मन्त्रालय, चुहावट नियन्त्रण, जग्गा अधिकरण एवं सुरक्षा व्यवस्था सम्बन्धी कार्यमा सहयोग गर्नुहुने गृह मन्त्रालय,वन तथा वातावरणसम्बन्धी कार्यमा सहजीकरण गर्नु हुने वन तथा वातावरण मन्त्रालय, अन्तर मन्त्रालय सहजीकरण र आयोजनाहरुको छनौट एवं अनुगमनमा सहयोग पुर्याउनु भएकोमा राष्ट्रिय योजना आयोगलाई धन्यवाद दिन चाहन्छु ।
कठिन परिस्थितिमा समेत प्राधिकरणका हरेक गतिविधिमा निरन्तर रुपमा सहयोग एवम् समर्थन गरी हामीलाई हौसला र प्रेरणा प्रदान गर्नुहुने आमउपभोक्ता, नागरिक समाज, देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइ राजनीतिक दलका नेता एवं कार्यकर्ताहरु, स्थानीय तहका जनप्रतिनिधिहरु तथा विभिन्न व्यावसायिक संघ संस्थाहरुप्रति विशेष आभार प्रकट गर्दछु ।
हाम्रा हरेक काम कारबाहीहरुप्रति नियमन, अनुगमन एवं निगरानी गर्ने निकायहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
प्राधिकरणका नियमित काम कारबाहीहरुको यथार्थ सूचना सम्प्रेषण गरी सहयोग पुर्याउनु हुने सञ्चार गृह तथा पत्रकार मित्रहरुमा विशेष धन्यवाद दिन चाहन्छु ।
विगत चार वर्षमा हामीले गरेका प्रयासले प्राधिकरणको गरिमालाई उच्च बनाएको छ । अगामी दिनमा यसको गरिमा अझ उच्च हुँदै जाओस्, मेरो सधै नै साथ, सहयोग र समर्थन रहिरनेछ ।
नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया हो, यसलाई हामी सबैले आत्मसाथ गर्नु र्छ । म यसलाई बुझिदिन सबैलाई अनुरोध गर्दछु ।
अन्त्यमा सम्पूर्ण नेपाली जनता मेरो प्रेरणाको स्रोत हुन् । आगामी दिनमा मेरा सम्पूर्ण प्रयासहरु नेपाल र नेपाली जनताको समृद्धिको चाहना पूरा गर्नेतर्फ केन्द्रित रहनेछन् ।
कुलमान घिसिङ
कार्यकारी निर्देशक
नेपालविद्युत् प्राधिकरण
मिति स् २०७७ भदौ ३० गते मंगलबार ।
चार वर्षमा हासिल भएका मुख्य उपलब्धिहरुः
१। वित्तीय तथा प्रशासनिक सुधारतर्फ
आव २०७२र७३मा रु।८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणले आव ०७३र७४ मा रु १ अर्ब ४७ करोड, आव ०७४र७५मा रु २ अर्ब ८५ करोड, आव ०७५र७६ मा रु ७ अर्ब २० करोड र आव ०७६र७७ मा रु ११ अर्ब ६ करोड खुद नाफा आर्जन ।
सरकारले आव २०६७र६८ सम्मको संचित घाटा करिब रु २७ अर्ब अपलेखन गरिदिएपछि पनि २०७२र७३ सम्म रु ३४ अर्ब ६१ करोड संचित घाटा पुगेको संचित नोक्सानी आव ०७३र७४ मा रु २८ अर्ब १७ करोड, आव ०७४र७५ मा रु २५ अर्ब ५९ करोड, आव ०७५र७६ मा रु १२ अर्ब २३ करोडमा झारिएको । आव ०७६र७७ मा संचित घाटालाई शून्यमा झारी रु ४ अर्ब ८७ करोड नाफामा लैजान सफल ।
आर्थिक वर्ष २०७२र७३ मा रु।३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिकरणको आव ०७३र७४ मा रु ५१ अर्ब ७० करोड, आव ०७४र७५ मा रु ६२ अर्ब ७ करोड, आव ०७५र७६ मा रु ७६ अर्ब २१ करोड र आव २०७६र७७ मा रु ७७ अर्ब ८० करोड पुगेको ।
एसियाली विकास बैंक, विश्व बैंक, युरोपियन इन्भेष्टमेन्ट बैंक, के।एफ।डब्लु, नोर्याड, जाईका, ईन्डियन एक्जिम बैंक, एसियाली पूर्वाधार लगानी बैक, आदि बैंकहरुको करिव २ खर्ब भन्दा बढीको लगानीमा काम भैरहेकोमा प्राधिकरण आन्तरिक श्रोतबाट मात्रै प्रत्येक वर्ष करिव १० अर्व रुपैया पुँजीगत खर्च गर्ने र ३ अर्बको हाराहारीमा विभिन्न सहायक कम्पनीहरुमा स्वपुँजी लगानी गर्न सक्ने अवस्थामा पुगेको ।
प्राधिकरणको सम्पत्तिको मूल्याङ्कन सुरु गरिएको ।
‘उपयुक्त स्थानमा उपयुक्त व्यक्ति’भन्ने अवधारणाका आधारमा जिम्मेवारी दिन सुरु गरिएको,प्राधिकरणले ग्राहकलाई दिने सेवामा सुधार गर्न,विद्युत चुहावट नियन्त्रण, विद्युत् महसुल बक्यौता असुली, विद्युतीकरण लगायतलाई मुख्य मानक मानी ग्राहक तथा वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता सुरु गरिएको, यसबाट चुहावट नियन्त्रण, विद्युतीकरण, सेवा प्रवाहलगायतमा सुधार भएको ।
कर्मचारीको सरुवा, बढुवा, पदपूर्ति तथा पदस्थापन गर्ने कार्यलाई नियमित तथा प्रभावकारी बनाएको ।
प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरुबीच हुन नसकेको आधिकारिक ट्रेड युनियनको चुनाव प्रत्येक दुईर दुई वर्षमा सम्पन्न गरिएको । ट्रेड युनियनको पनि संचालक समितिको निर्णयहरुमा अपनत्व कायम गर्न आधिकारिक ट्रेड युनियनको प्रतिनिधित्व संचालक समितिमा रहने व्यवस्था गरिएको ।
प्राधिकरणले दिने सेवालाई सुधार गर्न एवं संस्थालाई दीर्घकालीन दायित्व कम गर्न तल्लो तहका कर्मचारीहरु, सेक्युरिटी गार्ड एवं मटर रिडरहरुलाई आउट सोर्सिङ गरिएको ।
प्राधिकरणभित्र आर्थिक एवं प्रशासनिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागू गरिएको ।
प्राधिकरणको संस्थागत सुधार एवं पुनर्संरचना गर्न र क्षमता एवं दक्षता अभिबृद्धि गर्न संस्थागत विकास योजना लागू गरिएको ।
२। उत्पादन
विभिन्न समस्या झेल्दै अलपत्र अवस्थामा रहेको ३० मेगावाटको चमेलिया र २०७२ वैशाखको विनाशकारी भूकम्पपछि निर्माण सुरु हुन नसकेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको निर्माणको काम सुरु गराइ निर्माण सम्पन्न गरिएको,१४ मेगावाटको कुलेखानी तेस्रो निर्माण सम्पन्न भई संचालमा आएको ।
जीर्ण भएका कारण तोकिएभन्दा कम विद्युत् उत्पादन गरिरहेका प्राधिकरणका स्वामित्वका अधिकांश विद्युत गृहहरुको मर्मत सम्भार गरी पूर्ण क्षमतामा चल्न सक्ने बनाइएको । १४४ मेगावाट क्षमताको कालिगण्डकी विद्युत् केन्द्रमा एमआईभी को मर्मत एवं नयाँ कमप्युटरमा आधारित सुररीवेक्षणीय नियन्त्रण तथा डाटा प्राप्ति स्काडा जडान गरिएको, ७० मेगावाटको मध्य मर्स्याङ्दीको बाँधस्थलको मर्मत, सुन्दरीजल विद्युत केन्द्रको क्षमता बृद्धि एवं विद्युत् गृहहरुको नियमित मर्मत सम्भारको व्यवस्था गरिएको ।
जीर्ण अवस्थामा चलिरहेको पुवाखोला,सेती, फेवा, त्रिशूली आदि जलविद्युत केन्द्रहरुको पुनर्स्थापना कार्य सुरु गरिएको ।
१०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी विस्तृत इन्जिनियरिङ अध्ययन अन्तिम चरणमा पुगेको, नेपाल सरकारले कार्यान्वयनमा ल्याएको जनताको जलविद्युत कार्यक्रमअन्तर्गत निर्माण गर्न अपर अरुण हाइड्रो इलेक्ट्रिक्स लिमिटेड स्थापना गरिएको,वित्तीय व्यवस्थापनका लागि नेपालका विकास साझेदार निकायहरुसँग छलफल भइरहेको र आयोजनास्थलसम्म पुग्न पहुँच मार्गलगायतका निर्माण पूर्वका पूर्वाधार निर्माणका काम भइरहेको ।
६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी विस्तृत इन्जिनियरिङ अध्ययन अन्तिम चरणमा पुगेको, आयोजनालाई ४ अन्तराष्ट्रिय वित्तीय संस्थाको समिश्रति वित्तीय लगानी मोडलमा एवं प्राधिकरणले पहिलो पटक संस्थागत जमानीमा आयोजनामा लागतको निश्चित अंश लगानी परिचालन गरी वित्तीय व्यवस्थापन गर्न गर्न छलफल भइरहेको । अन्तराष्ट्रिय वित्तीय संस्थाले करिब डेढ अर्ब अमेरिकी डलर आयोजनामा लगानीका लागि प्रारम्भिक सहमति जनाएको ।
४२ मेगावाटको माथिल्लो मोदी ‘ए’,१८।२ मेगावाटको माथिल्लो मोदी,२१० मेगावाटको चैनपुर सेती, १५० मेगावाटको बेगनास रुपा पम्प स्टोरेज, १८० मेगावाटको आँधीखोला जलाशययुक्त, उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाहरु निर्माणका लागि अध्ययनको विभिन्न चरणमा रहेका ।
ठेक्कापट्टाको विवादमा अल्झिएको २५ मेगावाटको ग्रीडमा आवद्ध सोलार आयोजनाको विवाद समाधान गरी निर्माण सुरु गराई १।२५ मेगावाट विद्युत् प्रणालीमा जोडिएको छ, बाँकी यसै वर्षभित्र ग्रीडमा जोडिने ।
३। सहायक कम्पनीहरु
२०७२ सालको भूकम्पपछि बन्द अवस्थामा रहेको स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरबको ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको निर्माण सुरु गरिएको, नियमित अनुगमन एवं स्थलगत निरीक्षणबाट चालु आवभित्र निर्माण सम्पन्न हुने अवस्थामा पुगेको । साथै माथिल्लो तामाकोसीको क्यासकेट आयोजनाको रुपमा निर्माण हुने ९९।६ मेगावाटको तामाकोशी ५ को विस्तृत अध्ययन पूरा गरी निर्माण प्रकृया अगाडी बढाइएको । माथिल्लो तामाकोसीको दोस्रो चरणमा रोलवालिङ खोला डाइभर्सनबाट प्राप्त हुने ऊर्जालाई खेर जान नदिन २० मेगावाटका छुट्टै विद्युतगृह निर्माणका लागि २० मेगावाटको सर्वेक्षण अनुमतिपत्र लिएर विस्तृत इन्जिनियरिङ अध्ययन र आयोजनास्थलसम्म पुग्न पूर्वाधार निर्माणका कामहरु भइरहेको ।
१४० मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत आयोजनाको विद्युतगृह, बाँध ९प्याकेज९२० र दमौली९भरतपुर २२० केभी प्रसारण लाइन ९प्याकेज९३० को निर्माण सुरु भएको, बाँध निर्माण९प्याकेज९३०को निर्माणका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको । आयोजनाबाट प्राप्त हुने नियन्त्रित र मादी नदीको पानीलाई उपयोग गरी १०४ मेगावाटको तल्लो सेती ९तनहुँ० जलविद्युत आयोजना निर्माणका लागि सर्वेक्षण अनुमतिपत्र लिई विस्तृत अध्ययन भइरहेको ।
३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गरी निर्माण सुरु गरिएको, आयोजनालाई जनताको जलविद्युत कार्यक्रमको पहिलो आयोजनाको रुपमा अगाडि बढाइएको ।
भूकम्पपछि प्रायः बन्द अवस्थामा रहेको प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी अन्तर्गतका १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, ४२।५ मेगावाटको सान्जेन र १४।८ मेगावाटको माथिल्लो सान्जेन आयोजनाको निर्माण सुरु गराई छिट्टै निर्माण सम्पन्न हुने अवस्थामा पुर्याइएको । परामर्श सेवा उपलब्ध गराउन चिलिमेको सहायक कम्पनीको रुपमा इन्जिनियरिङ कम्पनी स्थापन गरी संचालनमा ल्याइएको ।
जलविद्युत तथा पूर्वाधार क्षेत्रमा बढ्दो परामर्श सेवाको मागलाई पूरा गर्न साथै इन्जिनियरिङ सेवामा आत्मनिर्भर हुन प्राधिकरण र अन्य सरकारी कम्पनीहरुको स्वामित्वमा एनइए इन्जिनियरिङ कम्पनी लि। स्थापना गरी संचालनमा ल्याइएको, कम्पनीले अहिले जलविद्युत, प्रसारण र सडकका विभिन्न आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत इन्जिनियरिङ, परामर्श सेवा उपलब्ध गराइरहेको ।
४। प्रसारण लाइन
४ वर्षअघिसम्म ६६ के।भी र त्योभन्दा माथिका प्रसारण लाईन लम्वाई २९११ सर्किट किलोमिटर९किमी० रहेकोमा अहिले ४७ प्रतिशतले बढेर ४२७५।२ सर्किट किमी पुगेको ।
कोशी करिडोर २२० केभी,।खिम्ती९बाह्रबिसे९ लप्सीफेदी ४०० केभी,।चिलिमे९त्रिशूली २२० केभी,मस्र्याङ्दी करिडोर २२० केभी, कालिगण्डकी करिडोर २२० केभी,दोर्दी करिडोर १३२ केभी,मोदी९लेखनाथ १३२ केभी, लेखनाथ९दमौली २२० केभी, सोलु करिडोर १३२ केभी, सिंगटी९लामोसाँघु १३२ केभी, डाँडाखेत९राहुघाट १३२ केभी, चिलिमे९त्रिशूली २२० केभी, कोहलपुर९सुर्खेत९दैलेख १३२ केभी,बलेफै९बाह्रबिसे करिडोर १३२ केभी, चमेलिया९स्याउले९अत्तेरिया १३२ केभी दोस्रो सर्किट, कुशहा९विराटनगर १३२ केभी, हेटौंडा९ढल्केबर९इनरुवा ४०० केभी, हेटौडा९ भरतपुर९बर्दघाट २२० केभी,बर्दघाट९ न्यू बुटवल २२० केभी,मर्स्याङ्दी काठमाडौ २२० केभी, खिम्ती९गज्र्याङ १३२ केभी, समुद्रटार९त्रिशूली १३२ केभी,मैनहिया९सम्पतिया १३२ केभी,बुटवल९मैनहिया १३२ केभी,बर्दघाट९सार्दी ह्वाङ्शी १३२ केभी,कोहलपुर९ नेपालगन्ज १३२ केभी, मेतिपुर९गुल्मी९अर्घाखाँची १३२ केभी, इनरुवा९विराटनगर १३२ केभी, ढल्केवार९बाँणगंगा १३२ केभी, भेरी करिडोर ४०० केभी प्रसारण लाइन लगायतका आयोजनाहरु निर्माणको विभिन्न चरणमा रहेका ।
न्यु बुटवल९लम्की९कोहलपुर९न्यू अत्तरिया ४४० केभी, तिंला हब९लिखु हब९न्यू खिम्ती९सुनकोशी हब९ढल्केबर ४०० केभी,बुढीगण्डकी करिडोर ४०० केभी, दमौली९कुश्मा९बुर्तिबाङ९बाफिकोट ४०० केभी, तुम्लिङटार९सित्तलपाटी २२० केभी, बोराङ९रातमाटे त्रिशूली ३बी हब९रातमाटे २२० केभी, दैलेख९कालीकोटकोट९जुम्ला १३२ केभी प्रसारण लाइन अध्ययनका विभिन्न चरणमा रहेका ।
चार वर्षअघि ग्रीड सबस्टेसनहरुको क्षमता करिब २२२३ एमभीए रहेकोमा अहिले ८७ प्रतिशतले बढेर ४१६०।७ एमभीए पुगेको ।
२०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षति पुगेको स्यूचाटारमा रहेको भार प्रेषण केन्द्रको पुनस्र्थापना तथा स्तरोन्नती गरी अत्याधुनिक बनाइएको, हेटौडामा आपत्कालीन नियन्त्रण केन्द्र स्थापना गरिएको र ब्याक९अप भार प्रेषण केन्द्र निर्माण गरिएको ।
५। अन्तरदेशीय प्रसारण लाइन
ढल्केबर २२० केभी सबस्टेसन निर्माण सम्पन्न गरी नेपाल भारतबीचको अन्तरदेशीय प्रसारण लाइन मुजफरपुर ढल्केवारलाई २२० के।भी। मा चालु गरिएको । कटैया कुशाहा १३२ के।भी। दोश्रो सर्किट र रक्सौल परवानिपुर १३२ के।भी। प्रसारण लाइनहरुको निर्माण सम्पन्न गरी नेपाल र विहारबीच विद्युत् आदानप्रदानको क्षमता विस्तार गरिएको, ढल्केबरमा ४०० केभी सबस्टेसन निर्माण सम्पन्न भएसँगै ढल्केबर९मुजफुफरपुर प्रसारण लाइन ४०० केभीमा चार्ज हुने अवस्थामा पुगेको ।
चार वर्षअघिसम्म नेपाल भारतबीच कटैया९कुशाहा, गण्डक९रामनगर, लालपुर९टनकपुर र ढल्केवर९मुजफफ्पुर प्रसारण लाइनबाट करिव ३ सय ५० मेगावाट विद्युत प्रवाह हुन सक्ने अवस्था रहेकोमा अहिले क्षमता वृद्धि गरी १ हजार ५ सय पुर्याइएको ।
न्यू बुटवल९गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाईन कार्यान्वयनको चरणमा पुगेको, रुपन्देहीको मैनहियादेखि उत्तर प्रदेशको सम्पतिया जोड्ने १३२ केभी प्रसारण लाइन निर्माण सुरु भएको, इनरुवा९पूणिर्या र लम्की९बरेली ४०० के।भी प्रसारण लाइन तथा कोहलपुरदेखि उत्तरप्रदेशको नानपारा जोड्ने १३२ के।भी प्रसारण लाइनको संभाव्यता अध्ययन पूरा भएको, यी पूर्वाधार बनेपछि नेपालमा खपत भै बांकी विद्युत भारतीय वजारमा बिक्री गर्न सकिने ।
नेपाल र चीनवीच पनि रातोमाटे रसुवागडी केरुङ ४०० केभी। प्रसारण लाइन निर्माणको लागि प्राधिकरण र स्टेट ग्रीड चाइनाबीच समझदारी पत्रमा हस्ताक्षर भएको, नेपालतिरको लाइनको सम्भाव्यता अध्ययन पूरा भएको, रातोमाटे९ रसुवागडी९ केरुङ ४०० केभी प्रसारण लाइन कार्यान्वयन गर्न लगानीको ढाँचामा छलफल भइरहेको ।
६। वितरण तथा ग्राहक सेवा
प्राधिकरणले हरेक वर्ष विद्युत महसुल वृद्धिको प्रस्ताव गरी घाटा कम गर्न खोज्थ्यो, महसुल वृद्धि पश्चात पनि घाटा भने बढ्दै जाने ट्रेण्ड थियो तर प्राधिकरणको प्रस्तावमा इतिहासमा पहिलो पटक उपभोक्ताको महसुल घटाएको, १० युनिटसम्म खपत गर्ने घरायसी उपभोक्तालाई इनर्जी शुल्क निशुल्क गरी न्युनतम शुल्क रु। ३० मात्र तिर्नु पर्ने व्यवस्था गरिएको, समग्रमा घरायसी उपभोक्ताको महसुल करिब ८९९ प्रतिशतले घटेको, औद्योगिक, व्यापारिक, गैरव्यापारिक उपभोक्ताहरुलाई लगाउँदै आएकोे डेडिकेटेड र ट्रंक लाइनको महँगो महसुल हटाइएको, सामुदायिक खानेपानी, सिंचाइ तथा चार्जिङ स्टेसनको महसुल घटाइएको ।
चार वर्षअघि ग्राहक संख्या २९ लाख ६९ हजार ५ सय ७५ र राष्ट्रिय प्रसारण प्रणालीमार्फत करिब ६३।१९ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुगेकोमा अहिले ग्राहक संख्या करिव ४२ लाख र विद्युतको पुहँच ८६।४७ प्रतिशत पुगेको, यो विगत ४ वर्ष अगाडिको तुलनामा क्रमश स् ४२ प्रतिशत र २३।२८ प्रतिशतले बढि हो । सामुदायिक र बुटवल पावर कम्पनीको ग्राहकसमेत गर्दा कूल ग्राहक संख्या ४८ लाख पुगेको, १५ जिल्लालाई पूर्ण विद्युतीकरण गरिएको ।
चार वर्षअघि प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत १३०।७८ युनिट मात्रै रहेकोमा अहिले बढेर २६० युनिट पुगेको ।
आव २०७२र३३ सम्ममा ३३ के।भी। वितरण लाईन ४,२५९।३९ सर्किट किमी र ११ के।भी।र४०० भोल्ट वितरण लाईन १,२४,११५ सर्किट किमी रहेकोमा अहिले करिब २७ प्रतिशतले बृद्धि भई क्रमश स् ५,३९७ र१,५७,३११ सर्किट किमी पुगेको ।
वितरण सबस्टेसनहरु ९३३र११ केभी० को जडित क्षमता ७५० एमभिए मात्रै रहेकोमा अहिले १८२ प्रतिशतले बृद्धि भई २११२।५ एमभीए पुगेको ।
वितरण ट्रान्सफर्मरहरु करिब २६,००० वटा जडान भएका थिए, यसको जडित क्षमता करिव २६०० एमभीए रहेकोमा अहिले ३५,४०० वटा जडान भई ३५४० एमभिए पुगेको ।
ग्रीड सबस्टेसनहरुमा भोल्टेज सुधारको लागि स्वचालित क्यापासिटर बैंक जडानलाई प्राथमिकताका साथ अगाडि बढाइएको, हाल सम्ममा करिव ७२।५ एमभिआर क्षमता बरावरको क्यापासिटर बैक प्रणालीमा जडान गरिएको। करिव १०० एमभिआर जडानको चरणमा रहेको, वितरण ट्रान्सफरर्मरको लो भोल्टेजमासमेत स्वचालित क्यापासिटर बैक जडान गर्न नमुना परियोजनाको रुपमा देशका विभिन्न ठाउमा अगाडि बढाइएको, यसबाट विद्युत् आपूर्तिको गुणस्तर बढ्ने र प्राविधिक चुहावट कम हुने ।
ग्राहकले विद्युत महसुल बुझाउन कार्यालयमै जानुपर्ने अवस्थालाई अन्त्य गर्न अनलाइन पेमेन्ट सुरु गरिएको ।
घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न काठमाडौ उपत्यकाबाट सुरु गरिएको, देशभरका ८ हजार २ सय २२ टाइम अफ डे ९टिओडी० मिटरहरुलाई स्मार्ट बनाइसकिएको, करिब १ लाख २५ हजार थ्री फेज होल करेन्ट मिटरहरुलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम भइरहेको ।
काठमाण्डौ उपत्यकमा जथाभावी रुपमा राखिएको वितरण तारलाई पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा भूमिगत गरी व्यवस्थापन गर्न सुरु गरिएको, काठमाडौ, ललितपुर र भक्तपुर, भरतपुरलगायतका शहरहरुमा भूमिगत वितरण लाईन बनाउने गरी कार्य अगाडि बढाइएको ।
७। चुहावट नियन्त्रण
चार वर्ष अगाडि कूल २५।७८ प्रतिशत रहेको विद्युत चुहावटलाई आव २०७३र०७४ मा २२।९, २०७४र७५ मा २०।४५, २०७५र७६ मा १५।३२ प्रतिशत र २०७६र७७ मा १५।२७ प्रतिशतमा सिमित गरिएको, यस मध्ये वितरण चुहावट करिव १० प्रतिशत रहेको, यसरी चार वर्षमा करिव ११ प्रतिशतको चुहावट कम हुँदा प्राधिकरणलाई वित्तीय रुपमा करिव ८ अर्व रुपैयाँ फाइदा भएको ।
८। विद्युत् व्यापार
निजी क्षेत्रका १८७ आयोजनाहरुसँग ३६२२ मेगावाटको विद्युत् खरिद सम्झौता ९पीपीए० भएको । आव २०७२र७३ मा २७ आयोजनासँग ४७४ मेगावाटको पीपीए भएकोमा आव ०७३र७४ मा २८ आयोजनासँग ५५६ मेगाबाट, आव ०७४र७५ मा ४५ आयोजनासँग ११०३ मेगावाट, ०७५र७६ मा ८५ आयोजनासँग १४८० र आव ०७६र७७ मा २ आयोजनासँग ९ मेगावाटको पीपीए गरिएको ।
नेपाल सरकारको निर्णयअनुसार, एक सय मेगावाटभन्दा ठूला जलविद्युत आयोजनाका लागि मात्रै विदेशी मुद्रामा पीपीए गर्ने नीति अवलम्बन गरी खरिद दर,जोखिम व्यहोर्ने ढाँचालगायत कार्यान्वयनमा ल्याइएको, जलाशययुक्त, अर्धजलाशययुक्त जलविद्युत र सोलार आयोजनाको विद्युत खरिद दर तय गरी कार्यान्वयनमा ल्याइएको ।
९। अन्तरदेशीय विद्युत् व्यापार
१४ घण्टासम्मको लोडसेडिङ हुँदा मुलुकभित्रको कूल विद्युत खपतको करिव ३५ प्रतिशत विद्युत् भारतबाट आयात गरिएको, तर विद्युत खपत करिव ८० प्रतिशतले बढेको अवस्थामा समेत आयातको प्रतिशत करिव ३५ देखि ३७ प्रतिशतकै हाराहारीमा सिमित आव २०७६र७७मा कूल उपलब्ध विद्युतको २२ प्रतिशत मात्रै आयात भएको ।
आव २०७२र७३ मा साढे ३१ लाख, २०७३र७४ मा २६ लाख ९० हजार, २०७४र७५ मा २९ लाख ४० हजार, २०७५र७४ मा ३ करोड ४७ लाख र २०७६र७७ मा १० करोड ७० लाख युनिट ऊर्जा निर्यात गरिएको ।
नेपाल र भारतको नेपालसँग सीमा जोडिएका राज्यहरु ९बिहार, उत्तरप्रदेश र उत्तराखण्ड० बीच विद्युत् आयात निर्यात गर्न दुई देशको प्रतिनिधिहरु रहेको विद्युत आदान९प्रदान समितिको बैठक प्रत्येक वर्ष बस्नु पर्नेमा सन् २०११ देखि ६ वर्षसम्म बस्न नसकी हरेक वर्ष ५ प्रतिशतका दरले विद्युत महशुलमा बृद्धि हुँदा आयात हुने विद्युतको महसुल महंगो भएको थियो, समितिको बैठक सन् २०१७ राखी विद्युत महसुल वृद्धिलाई रोक्न सफल, त्यसपछि हरेक वर्ष बैठक बसेर महशुल दर कायम, यसबाट प्राधिकरण ठूलो रकम बचत गर्न सफल, साथै भारतको केन्द्रीय प्रसारणबाट सस्तोमा आयात गर्न सक्ने विद्युतको परिमाण बढेको र महँगोको आयात घटेको कारणले प्राधिकरणको वित्तीय अवस्थामा पनि सकारात्मक प्रभाव परेको ।
उज्यालो 90 नेटर्वकबाट