Logo

शनिवार, कार्तिक १ गते २०८३

images

जाजरकोटमा जिप दुर्घटना हुदा ११ जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना हुदा ११ जनाको मृत्यु

  • PNN Times
  • सोमवार, मंसिर २६ २०७९


  • रुकुम पश्चिम — जाजरकोटको छेडागाड नगरपालिकामा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने भीरबाटी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो भने १ जना घाइते भएका हुन् ।  

    दुर्घटनामा घटनास्थलमै ९ जनाको मृत्यु भएको र २ जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छेडागाड नगरपालिकाका मेयर रत्नबहादुर खड्काले इकान्तिपुरलाई जानकारी दिए । दुर्घटनामा दैलेखको भगवती माई गाउँपालिकाका चालक मानबहादुर राउतको समेत मृत्यु भएको छ ।

    images

    कर्णाली प्रदेश ००१-च-०४२९ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा जाजरकोटको छेडेगाड नगरपालिकाकै ८ जना दैलेखको भगवती माई गाउँपालिकाका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    वडा नम्बर ४ जेवाबाट वडा नम्बर ५ थलह जन्ती लिएर जाने क्रममा जिप दुर्घटनामा परेको मेयर खड्काले बताए । उनका अनुसार जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । घाइते एक जनालाई उपचारका लागि सुर्खेत पठाइएको मेयर खड्काले बताए । 

    सोमवार, मंसिर २६ २०७९०७:५४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend