Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रामपुरमा पूर्ण खोप दिगोपना र सरसफाई प्रबर्द्धन योजना तयारी गोष्ठी 

रामपुरमा पूर्ण खोप दिगोपना र सरसफाई प्रबर्द्धन योजना तयारी गोष्ठी 

  • गोपाल जिटी
  • मंगलवार, मंसिर २७ २०७९


  • मंसिर २६, मंसिर पाल्पाको रामपुरमा पालिकास्तरमा पूर्ण खोप कार्यक्रमको समिक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रबर्द्धनका लागि योजना तयारी गोष्ठी गरिएको छ । 
    रामपुर नगरपालिकालाई २०८० बैशाखको दोस्रो हप्ता भित्रमा पूर्ण खोप सुनिश्तिता घोषणा गर्ने निर्णय अनुसार सोमबार गोष्ठीको आयोजना गरिएको होे । 
    नगर भित्रका सवै वडालाई बैशाख पहिलो हप्ता भित्र पूर्ण खोप सुनिश्तिता घोषणा गर्न घर घरमा पुगेर छुटेका बालबालिका भेटिएमा खोपको पहुँचसम्म पु¥याउने नगरपालिकाले निर्णय गरेको छ । 

    स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा भएको गोष्ठीमा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बालबालिकालाई पूर्ण मात्रामा खोप लगाई नगरलाई पूर्ण खोप सुनिश्चितता गर्न सवै सचेत भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र सुन्दा एउटा मात्रै जस्तो लागे पनि स्वास्थ्य नभए सबै क्षेत्र कमजोर हुने बताउनुभयो ।

    images

    राज्यले स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेको भन्दै नगर प्रमुख थापाले नगरले पनि स्वास्थ्य क्षेत्रको सुधार र गुणस्तरीयताका लागि विभिन्न योजना सहित बजेट विनियोजन गर्ने जानकारी गराउनुभयो ।

    उहाँले गुणस्तरीय सेवाका लागि सबै स्वास्थ्यका कर्मचारी सचेत भएर लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका जनस्वास्थ्य अधिकृत डाक्टर राजेन्द्र गिरीले स्थानीय तहले  स्वास्थ्यलाई विकासको मुद्दा बनाउनु पर्ने बताउनु भयो । हरेक पालिका र वडाले स्वास्थ्यलाई  समेट्ने गरी कार्यक्रम निर्माण गर्न आवश्यक रहेको गिरीको भनाई छ ।

    मंगलवार, मंसिर २७ २०७९१२:३०:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend