Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

लोक दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा खड्का

लोक दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा खड्का

  • गोपाल जिटी
  • बुधवार, मंसिर २८ २०७९


  • लोक दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा खड्का

    मंसिर २८,वालिङ । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल स्याङ्जाको बुधबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा नेत्र खड्का चयन हुनु भएको छ । स्याङ्जाको वालिङमा सम्पन्न प्रतिष्ठानको आठौं अधिवेशनले खड्कालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । “हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने नाराका साथ आयोजित प्रतिष्ठानको आठौं जिल्ला अधिवेशन तथा २१ औं वार्षिक साधारणसभा वालिङमा सम्पन्न भएको हो ।
    यसैगरी प्रतिष्ठानको प्रथम उपाध्यक्षमा जगत गौडेल, महिला उपाध्यक्ष तारा पौडेल, द्वितीय उपाध्यक्ष रामप्रसाद तिवारी, सचिव राजेश भण्डारी, सह सचिव गोविन्द चापागाईं, कोषाध्यक्ष कमला गैह«े र सह कोषाध्यक्ष रविना गुरुङ चयन भएका छन् । अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि अरु  २ जना पछि थप गर्नेगरी २३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत गठन गरेको छ ।
    कार्यक्रमको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश विजीले लोक तथा दोहोरीगीत प्रतिष्ठान लोक संस्कृति कर्मीको विशुद्ध संस्था भएको बताउनुभयो ।नाच्ने, गाउने, कुनै दल विशेष अथवा धार्मिक सम्प्रदायको होइन, यो त नितान्त लोक संस्कृति कर्मीको विशुद्ध संस्था भएको अध्यक्ष बिजीले बताउनुभएको हो । उहाँले लोक संस्कृतिकर्मी सम्मानको पात्र बन्न नसकेको हुँदा र अभिभावकत्वको भूमिकाका लागि लोक तथा दोहोरीगीत प्रतिष्ठान गठन भएको उल्लेख गर्नुभयो ।

    अध्यक्ष बिजीले भन्नुभयो—“सारङ्गी तथा मादल बजाएर अनि बोकेर हिडने मान्छे समाजमा केवल दयाको पात्र बन्योहोला, क्षणिक मनोरञ्जनको पात्र बन्योहोला । रङ्ग रसिकको पात्र बनाइयो होला तर सम्मानको पात्र बन्न नसकेको हुँदा त्यही पात्रलाई सम्मान गर्नुपर्छ भनेर लोक तथा दोहोरीगीत प्रतिष्ठान गठन भएको हो ।उहाँले लोक तथा दोहोरीगीतको क्षेत्रमा लाग्नेले मात्र नभएर थपडी बजाउने तथा यो क्षेत्रलाई मायाँ गर्नेले पनि सम्मान पाउनुपर्छ भनेर पनि यो संस्थाको परिकल्पना गरेको स्पष्ट पार्नुभयो ।

    images

    अधिवेशन कार्यक्रममा कलाकार कल्याणकारी काेष घाेषणा गरिएकाे थियाे ।

    बुधवार, मंसिर २८ २०७९०८:३९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend