मंसिर २९, स्याङ्जा । स्याङ्जामा चोरीमा संलग्न भएका आरोपमा सात जना पक्राउ परेका छन् । जिल्लाको फेदिखोला गाउँपालिका ४ मा रहेका विभिन्न विद्यालयबाट सामानहरु चोरी गरेको र चोरीमा संलग्न भएका आरोपमा सात जना पक्राउ परेका हुन् । चोरीमा संलग्न भएका आरोपमा सात जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विहिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा स्याङ्जा फेदिखोला गाउँपालिका ४ बस्ने २६ वर्षीय प्रेम विक, सोही ठाउँका २१ वर्षीय सुमन सुनार, पुतलीबजार नगरपालिका ४ बस्ने १९ वर्षीय समिर सुनार, लमजुङ, सुन्दरबजार नगरपालिका ११ घर भई हाल कास्की पोखरा ८ नागढुङ्गा बस्ने २९ वर्षीय राजु मजाकोटी छन् । यसैगरी लमजुङ, सुन्दरबजार नगरपालिका ११ घर भई हाल कास्की, पोखरा महानगरपालिका १० रामबजार बस्ने २७ वर्षीय अमृत दरा,पोखरा महानगरपालिका २८ घर भई २६ बस्ने २९ वर्षीय प्रविन नेपाली र पोखरा महानगरपालिका २१ घर भई १७ बस्ने दिपेन्द्र पोखरेल रहेका छन् ।पक्राउ परेकामध्ये फेदिखोला गाउँपालिकाका प्रेम विक, सुमन सुनार र पुतलीबजार नगरपालिकाका समिर सुनार चोरीमा संलग्न भएको र बाँकी चार जना चोरी भएको सामान सप्लाई र खरिद विक्रीमा संलग्न भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द खनाल जानकारी दिनुभयो ।
२०७८ चैत २२ गते राती फेदीखोला गाउँपालिका ४ टार्केमा रहेको आरुखर्क आधारभुत विद्यालयबाट कम्प्यूटर १ सेट, प्रिन्टर १ थान, मल्टिप्लग १ थना र चैत २४ गते राति आरुखर्क तल्लाचौरमा रहेको राम्चेदेवी आधारभुत विद्यालयबाट प्रोजेक्टर १ थान, डेल कम्पनीको कम्प्युटर १ सेट, एचपी कम्पनीको प्रिन्टर १ थान, ब्रोदर कम्पनीको फोटोकपी मेशिन १ थान, मल्टिप्लक १ थान चोरी भएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।