Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेचर हिल बाख्रापालन समूहको सार्वजनिक सुनुवाई, च्यारे गाउँ बाख्रामय बन्दै

नेचर हिल बाख्रापालन समूहको सार्वजनिक सुनुवाई, च्यारे गाउँ बाख्रामय बन्दै

  • गोपाल जिटी
  • बिहिवार, पौष ७ २०७९


  • नेचर हिल बाख्रापालन समूहको सार्वजनिक सुनुवाई, च्यारे गाउँ बाख्रामय बन्दै

    पौष ७, वालिङ  । स्याङ्जाको वालिङ ४ च्यारेस्थित नेचर हिल बाख्रापालन समूहले सार्वजनिक सुनुवाई गरेको छ । २०७८ देखि सामुहिक बाख्रापालन सुरु गरेको समूहले विहिबार च्यारेको ओखलेमा सार्वजनिक सुनुवाई गरेको हो ।
    च्यारे आसपासका १९ जना युवाहरु बाख्रापालन अभियानमा लागेका हुन् । युवाहरुले नेचर हिल बाख्रापालन समूह गठन गरी बाख्रासँगै कृषि उद्यम विकासमा लाग्ने सार्वजनिक सुनुवाई मार्पmत जनाएका छन् ।नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना एवम् विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराको अनुदान सहयोगसहित साझेदारी गर्ने भएपछि युवाहरु सामुहिक बाख्रापालनमा लागेका हुन् ।
    इकाईको तर्पmबाट रु.७८ लाख ६७ हजार ८ सय २७ अनुदान रकम र समूहमा सहभागीहरुको समेत गरी १ करोड ५८ लाख ५७ हजार ३ सय ८७ को कूल लागतमा व्यावसाय अगाडि बढाइएको समूहका अध्यक्ष लालप्रसाद गुरुङले बताउनुभयो । उल्लेखित रकममा खोर निर्माणलगायत भौतिक संरचना तयारी, बाख्रा खरिद तथा जग्गा व्यवस्थापन गरिएको अध्यक्ष गुरुङले जानकारी गराउनुभयो ।
    समूहमा १३ जना पुरुष र ६ जना महिलाको सहभागिता रहेको छ ।

    समूहले खोर निर्माणका लागि ५ रोपनी जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरेको छ । अहिले ३ सय ५० माउ र ५० पाठापाटी गरी कूल ४ सय बाख्रा छन् । ५ सयसम्म पाल्ने योजनासहितको खोर निर्माण गरिएको छ । यसका साथै  क्रमशः तरकारीका क्षेत्रलाई समेत अगाडि बढाइने अध्यक्ष गुरुङको भनाई छ ।गाउँ ठाउँमै भएका अवसरहरुलाई चिन्न नसक्दा आज धेरै युवाहरुले दुःख पाएकाले व्यवसायिक बाख्रापालनमा लागेर आय आर्जनमा जोडिने उनिहरुको उद्देश्य रहेको छ ।  
    अध्यक्ष गुरुङले युवाहरुको सक्रीयताले च्यारे गाउँ अब बाख्रामय बन्ने विश्वास व्यक्त गर्नुभयो । नेचरहिल बाख्रापालन फार्मलाई जिल्लामै नमूनायोग्य बनाउने योजनाका साथ लागिएको समेत उहाँको भनाई छ ।कार्यक्रममा वडा नम्वर ४ का अध्यक्ष हरिप्रसाद खनालले युवाहरुको प्रयासको सराहना गर्नुभयो । गाउँमै स्वरोजगारी सिर्जना गर्नु राम्रो कामको थालनी भएको भन्दै अध्यक्ष खनालले आफ्नो पूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । 

    images

    बिहिवार, पौष ७ २०७९०७:५९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend