Logo

शनिवार, कार्तिक १ गते २०८३

images

विहादी गाउँपालिकाले दुध ढुवानीमा अनुदान दिने

विहादी गाउँपालिकाले दुध ढुवानीमा अनुदान दिने

  • PNN Times
  • मंगलवार, आषाढ २ २०८३


  • विहादी गाउँपालिकाले दुध ढुवानीमा अनुदान दिने

    पर्वत, असार २ । पर्वत जिल्लाको विहादी गाउँपालिकाले दुध उत्पादक कृषक तथा सहकारीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले दुध ढुवानीमा विशेष अनुदान दिने भएको छ। गाउँपालिकाको पशु विकास शाखाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत "दुध ढुवानीमा अनुदान (प्रतिलिटर रु ७.५)" कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

    गाउँपालिका कार्यालय, वहाकीठाँटीले आज एक सूचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका र दुध संकलन, ढुवानी तथा बिक्री वितरण गरिरहेका सहकारी संस्थाहरूलाई अनुदानका लागि आवेदन दिन आह्वान गरेको छ।

    images

    ७ दिनभित्र आवेदन दिनुपर्ने

    इच्छुक सहकारी संस्थाहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (अर्थात् मिति २०८३ साल असार ९ गतेभित्र) आवश्यक प्रक्रिया पूरा गरी विहादी गाउँपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयहरूमा निवेदन पेस गरिसक्नुपर्नेछ। म्याद नाघि आएका वा रीत नपुगेका प्रस्तावहरूलाई छनोट प्रक्रियामा समावेश नगरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमन बहादुर रेश्मीले जानकारी दिनुभएको छ।

    मंगलवार, आषाढ २ २०८३०२:४३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend