Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा पशुपन्छी तथा मत्स्यपालक व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

पैयूँमा पशुपन्छी तथा मत्स्यपालक व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • PNN Times
  • शुक्रवार, श्रावण २९ २०८३


  • पैयूँमा पशुपन्छी तथा मत्स्यपालक व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

    पर्वत । साउन २९ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, पर्वतको आयोजनामा पशुपन्छी तथा मत्स्यपालक व्यवसायी तथा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    कार्यालय प्रमुख सुरेश कुमार श्रेष्ठको अध्यक्षता तथा पैयूँ गाउँपालिकाकी उपाध्यक्ष यमकुमारी रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा व्यावसायिक पशुपालक कृषकहरू, पालिकाका पशु सेवा शाखाका प्रमुखलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।

    images

    कार्यक्रममा श्री गणेशप्रसाद रिजालले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन प्रकाश परियारले गर्नुभएको थियो भने कार्यालय प्रमुख सुरेश कुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

    अन्तरक्रियाका क्रममा किसानहरूले पशुपन्छी तथा मत्स्यपालन व्यवसायसँग सम्बन्धित विभिन्न समस्या, जिज्ञासा तथा आफ्ना अनुभवहरू राखेका थिए। किसानहरूले उठाएका जिज्ञासा तथा सवालहरूमाथि सम्बन्धित कार्यालयका प्रतिनिधिहरूले आवश्यक जानकारी, सुझाव तथा समाधानका उपायबारे जानकारी गराएका थिए।

    कार्यक्रमले पशुपन्छी तथा मत्स्यपालन व्यवसायमा संलग्न किसानका समस्या पहिचान गर्दै व्यवसाय प्रवर्द्धन र उत्पादन वृद्धि गर्न सरोकारवाला निकायबीच सहकार्य तथा समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

    शुक्रवार, श्रावण २९ २०८३०९:५३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend