Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा प्रहरी कर्मचारीलाई प्राथमिक उपचारसम्बन्धी अनुशिक्षण

पैयूँमा प्रहरी कर्मचारीलाई प्राथमिक उपचारसम्बन्धी अनुशिक्षण

  • PNN Times
  • मंगलवार, श्रावण २६ २०८३


  • पैयूँमा प्रहरी कर्मचारीलाई प्राथमिक उपचारसम्बन्धी अनुशिक्षण

    पैयूँ पर्वत । इलाका प्रहरी कार्यालय हुवास, पर्वतको आयोजना तथा पैयूँ आधारभूत अस्पताल हुवासको समन्वयमा प्रहरी कर्मचारीका लागि प्राथमिक उपचारसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

    इलाका प्रहरी कार्यालय हुवासको सभाहलमा बुधबार बिहान १० बजे आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय तथा मातहतका प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

    images

    कार्यक्रममा पैयूँ आधारभूत अस्पताल हुवासका मेडिकल अधिकृत डा. ओमप्रकाश यादव र हेल्थ असिस्टेन्ट श्यामकिशोर शाहले प्राथमिक उपचार तथा उद्धार व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएका थिए।

    प्रशिक्षणमा विभिन्न विपद्का घटना, सर्पदंश, CPR विधि, पानीमा डुबेका व्यक्तिको उद्धार, सवारी दुर्घटनामा घाइते भएका व्यक्तिको प्राथमिक उपचार तथा जलनका घटनामा अपनाउनुपर्ने प्राथमिक उपचारका उपायलगायत विषयमा प्रशिक्षण दिइएको थियो।

    प्रहरी कर्मचारीहरू विभिन्न विपद् तथा आकस्मिक घटनामा प्रत्यक्ष रूपमा खटिनुपर्ने भएकाले यस्ता प्रशिक्षणले घटनास्थलमै तत्काल प्राथमिक उपचार तथा उद्धार व्यवस्थापन गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    IMG_4804.jpeg

    मंगलवार, श्रावण २६ २०८३०६:०१:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend