Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँ गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

पैयूँ गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

  • PNN Times
  • बुधवार, भाद्र २४ २०८३


  • पैयूँ गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    पर्वत । पर्वतको पैयूँ गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

    गाउँपालिकाको सभाहलमा आयोजित समीक्षा कार्यक्रम गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीको अध्यक्षतामा सम्पन्न भएको हो।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष यामकुमारी राना, सातवटै वडाका वडा अध्यक्षहरू, प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाइजर निरीक्षक नारायण प्रसाद रेग्मी, गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाका प्रमुखहरू तथा स्वास्थ्य शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

    समीक्षा कार्यक्रममा गत आर्थिक वर्षमा गाउँपालिकाभित्र सञ्चालन भएका स्वास्थ्यसम्बन्धी कार्यक्रम, सेवा प्रवाह, उपलब्धि, चुनौती तथा आगामी दिनमा स्वास्थ्य सेवाको प्रभावकारिता थप वृद्धि गर्ने विषयमा छलफल तथा समीक्षा गरिएको थियो।

    बुधवार, भाद्र २४ २०८३०५:१४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend