Logo

शनिवार, कार्तिक १ गते २०८३

images

तिहारलाई लक्षित गरी गाउँबेसी कृषक समूहद्वारा सयपत्रीका फूल रोपियो

तिहारलाई लक्षित गरी गाउँबेसी कृषक समूहद्वारा सयपत्रीका फूल रोपियो

  • PNN Times
  • आइतवार, भाद्र ७ २०८३


  • तिहारलाई लक्षित गरी गाउँबेसी कृषक समूहद्वारा सयपत्रीका फूल रोपियो

    पैयूँ, पर्वत - गाउँबेसी कृषक समूहले पैयूँ २ -५ पर्वतले तिहारलाई लक्षित गर्दै सामूहिक रूपमा सयपत्री फूलको खेती सुरु गरेको छ। आइतबार  समूहका सदस्यहरूले करिब १ हजार सयपत्री फूलका बेर्ना सामूहिक रूपमा रोपेका हुन्।

    विशेषगरी आगामी तिहार तथा भाइटीकालाई लक्षित गरी सयपत्री फूल उत्पादन गर्ने उद्देश्यले बेर्ना ल्याएर रोपिएको समूहका अध्यक्ष हुमलाल अधिकारीले जनाकारी दिनु भयो। 

    तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले स्थानीय स्तरमै फूल उत्पादन गरी गाउँलाई फूलमा आत्मनिर्भर बनाउने र कृषि व्यवसायलाई प्रवर्द्धन गर्ने समूहको लक्ष्य छ। तिहारमा सयपत्री फूलको प्रयोग व्यापक हुने गरेको छ। 

    गाउँबेसी कृषक समूहले यसअघि पनि विभिन्न कृषि तथा सामूहिक गतिविधिलाई निरन्तरता दिँदै आएको भन्दै आगामी दिनमा समेत सामूहिक काम र कृषि उत्पादनलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    आइतवार, भाद्र ७ २०८३१०:२९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend