Logo

शनिवार, कार्तिक १ गते २०८३

images

भोटेकोशी बाढीपीडितका लागि पैयूँ गाउँपालिकाले २ लाख रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि पैयूँ गाउँपालिकाले २ लाख रुपैयाँ सहयोग गर्ने

  • PNN Times
  • शुक्रवार, भाद्र १२ २०८३


  • भोटेकोशी बाढीपीडितका लागि पैयूँ गाउँपालिकाले २ लाख रुपैयाँ सहयोग गर्ने

    पर्वत । रसुवा जिल्लास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको अचानकको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति पैयुँ गाउँपालिकाले दुःख व्यक्त गर्दै राहतका लागि २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

    पैयुँ गाउँपालिकाका अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक तोरण मल्ल ठकुरीको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

    images

    गाउँपालिकाले जारी गरेको संवेदना तथा सहयोगसम्बन्धी पत्रमा प्राकृतिक विपद्का कारण अमूल्य जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

    गाउँपालिकाले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको छ। विपद्को यस दुःखद् घडीमा प्रभावित परिवार तथा समुदायप्रति पैयुँ गाउँपालिकाले ऐक्यबद्धता समेत व्यक्त गरेको छ।

    हाल भोटेकोशी बाढीपछि विभिन्न क्षेत्रबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत सहयोग घोषणा तथा जम्मा हुने क्रम जारी छ। 

    शुक्रवार, भाद्र १२ २०८३११:०८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend